

सिमकाेट गाउँपालिका वडा ७ कैलाश माध्यमिक बिद्यालयमा अध्यानरत १२ जना दलित समुदायका बिद्यार्थीले एक जना शिक्षकले बिद्यालय नआउनु भनेकाे आराेप लगाएका छन् । शिक्षकले तल्लाे जात भनेर हेपेकाे र बिद्यालय नआएपनि हुन्छ भन्ने आराेप लगाएर जिल्ला प्रहरी कार्यलयमा शिक्षक हरि शाही बिरुद्ध निवेदन दिन आएका छन् ।जेठ २० र २१ गते दिउसाे बिद्यालयमा बिद्यार्थी बिच झगडा भएकाे र शिक्षकले कागज गरेर मिलाएर बिद्यालय बाहिर झगडा गरे बिद्यालय बाट झगडा गर्ने बिद्यार्थीलाई रेस्टिकट गर्ने भने पनि पुन बिद्यालय बाहिर दिपेन्द्र शाहीले ४ बजे माफि माग भनेर बाहिर आफुलाई दुई चाेट हाने पछि पुन शिक्षक शाही सँग झगडा भयाे कागज अनुसार कारबाही गर्नु पर्छ भन्ने कुरा गरे शिक्षक शाही उल्टै आफुलाई समातेर बिद्यालय पाेसाक च्यातिएकाे र बिद्यालय नआउ भनेकाे बिद्यार्थी हिम्मत सुनारले बताए । उनले भने शिक्षक शाहीकाे छाेरानै झगडा गर्ने भएकाले यसाे गरेकाे जनाए । यसै बिषयमा लिएर जातीय कुरा गरेर हेपेकाे अर्का पिडित बिद्यार्थी बिरसिंह सुनारले बताए । अनि बिद्यालयनै छाेडेर प्रहरी कार्यलयमा पुगेकाे पुगे पनि प्रहरी कार्यलयले निवेदन लिन नमानेकाे बिद्यार्थी सम्झना सुनारले बताइन् ।
यता शिक्षक शाहीलाई याे कुराकाे बिषयमा बुझ्दा जेठ २० र २१ गते सामान्य बिद्यार्थी बिच झगडा भएकाे याे झगडाले ठुलाे रुप लिन नदिन बिद्यालयमा कागज गरेर मिलएपनि ४ बजेर तिर पुन अलि झगडा भएकाे हुदा दुबै पक्षलाई सम्झाउने क्रममा हामीलाई दिपेन्द्र शाहीले पिटेकाे र उसलाई पनि हामी पिड्छु भन्ने शब्द सुनार केटाहरुले निकाले पछि शिक्षक शाहीले यस्तो गर्नु हुदैन् ,झगडा गरे ठुलाे हानि हुन्छ, उलाई म सम्झाउछु भन्दा भन्दै हामी दुई जना बिद्यार्थी याे बिद्यालयमा पढदै, पढ्दैन्नै भनेर निस्किएको शिक्षक शाहीकाे भनाई छ । तर झगडा गर्ने टाेलाका सबै बिद्यार्थी अनावश्यक रुपमा बिद्यालय नगएर निवेदन दिन आएका रैछन् शिक्षक शाहीले भने। आफुमा लगाएकाे सबै कुरा झुट हाे , यता अरु सर र बिद्यालय प्रधानाध्यापक पनि हुनु हुन्छ । याे उनिहरुले गरेकाे कुरा सबै झुट पुष्टि हुन्छ शिक्षक शाहीले जनाए । त्यस्तै आफू मात्र नभएर समाजपनि छ र बाेल्छ , दलित शब्द र बिद्यालय नआउने शब्द आफुने भनेकै छैन् , शिक्षक शाहीकाे भनाइ छ । अनावश्यक रुपमा यस्ता कुरा गर्नु राम्रो नभएकाे शिक्षक शाहीले जनाए।
याे बिषयमा थाहा नभएकाे अब बिद्यालयमा गएर याे बिषय उठाउने र छलफल गर्ने सत्य तथ्य बाहिर ल्याउने बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मन्दिर सिंहले बताए । अध्यक्ष सिंहका अनुसार याे कुरा सत्य हाे र पुष्टि भए जाेसुकै भएपनि कारबाही गर्ने जनाए ।