पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ ।
Logo
Karnali Serophero सोमबार, जेठ २६, २०८२

हुम्ला । खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । यस आर्थिक बर्षका लागि खार्पुनाथ गाउँपालिकालाई खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुरक्षित भविश्य भन्ने मूल नाराका साथ खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषोणा गरिएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सबै स्वास्थ्य संस्थाले ५ वटै वडाका बस्तीमा बालबालिकालाई खोप लगाउने कार्य पूरा भएपछि खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको छ । गाउँपालिका भरिका खोप लगाउने सबै उमेर समूह ०–५९ महिना सम्मका बालबालिकाले खोप लगाएपछि गाउँपालिकाले धेरै तह पार गर्दै आईतबार पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरीभक्त शाहीले बताउनुभयो ।

गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको कार्यक्रममा आगामी दिनमा खार्पुनाथ गाउँपालिकाका बालबालिकाले खोप लगाउनबाट वञ्चित भएको सुन्न नपरोस, पूर्ण खोप सुनिश्चिता घोषणा कार्यक्रमले निरन्तरता पाओस भन्ने आग्रह पूर्ण खोप सुनिश्चिता घोषणा कार्यक्रममा उपस्थित सबै अथितीहरुले बताएका थिए ।

यस अघिका आमाहरु असिक्षित भएका कारण गाउँ घरको स्थानिय परम्परालाई मात्र बढी जोड दिँदै नियमित खोप भन्दा कामलाई ध्यान दिने गरेको भएपनि पछिल्लो समयका आमाहरुले आफुसँगै बालबालिकाको स्वास्थ्यको ध्यान दिने गरेकाले समेत पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न सहज भएको नेपाल पत्रकार महासंघ हुम्लाका सचिब नन्द सिंहले बताउनुभयो ।

उहाँले एक गाउँभन्दा अर्को गाउँ र वर्खाको समयमा गाई गोरु राख्ने हिमाली भेगमा गएका बालबालिकाहरू छटाउन नहुने सुझाव दिनुभएको थियो । पूर्ण खोप सुनिश्चित घोषणा गर्नु मात्रै ठुलो कुरा होईन यसलाई निरन्तरता दिनु सबैको कर्तव्य भएको खार्पुनाथ गाउँपालिका अध्यक्ष तथा गाउँपालिका खोप समन्वय समितिका संयोजक कर्णबहादुर रावलले बताउनुभयो । अध्यक्ष रावलका अनुसार आगामी दिनमा गाउँपालिकाका सबै सरोकारवाला निकायले अभियानकै रूपमा लाग्न आवश्यक रहेको बताउनुभयो ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला