प्रहरीको कुटपिटबाट एक जना सर्वसाधारण घाइते

Logo
नन्द सिंह बुधबार, आषाढ ०४, २०८२
फोटो क्याप्सनः सर्केगाड गाउँपालिका–१ स्थित अस्थायी प्रहरीचौकी बालुकुनामा कार्यरत दुई जना प्रहरीबाट घाइते हुने गरि कुटिएका स्थानीय मानबहादुर रावत ।

हुम्ला । सर्केगाड गाउँपालिका–१ को अस्थायी प्रहरीचौकी बालुकनामा कार्यरत ४२ वर्षीय असई पुस्कर विष्ट र ३६ वर्षीय हवाल्दार राजबहादुर विष्टले सर्केगाड गाउँपालिका–१ तुम्च गाउका ५० वर्षीय मानबहादुर रावतलाई घाइते हुने गरि कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
असार ३ गते साँझ पीडित रावतकी पत्नी ४२ वर्षीया हेलु रावत र मुगु जिल्लाको सोरु गाउपालिका–४ लुमे गाउँकी ३६ वर्षीया असाडी देवकोटा बिच सामान्य बिवाद भएपछि छलफलका लागि तुम्चको प्रहरी चौकि बालुकुनामा दुबै पक्ष गएको थियो । उक्त विवादलाई प्रहरीको साहयतामा छलफल गर्ने भनिएका स्थानीय रावतले उल्टै प्रहरीबाट घाइते हुने गरि कुटिएको पीडितले आरोप लगाउनुभयो ।

प्रहरीले पीडित भनिएका रावत मदिरा सेवन गरेर आएको भन्दै असई पुष्करले धकेलेर बाहिर फालेको र प्रहरी हवल्दार राजबहादुरले रावतको मुखमा मुक्का प्रहार गरि रगताम्य बनाएको पीडित रावतको भनाई छ । उक्त प्रहरीचौकीमा विवाद भएको भन्ने जानकारी आएकोले घटनाका विषयमा थप अनुसन्धान भई रहेको इन्स्पेक्टर विष्णु श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला