

हुम्ला । चोलो प्रदर्शन सहित उत्कृष्टलाई पुरस्कृत गरिएको छ । उद्घघमशील संस्कृती, राष्टको समृद्घी भन्ने मुल नाराका साथ उधोग तथा उपभोत्ता हित संरक्षण कार्यालयको आयोजनामा चोलो सिलाई सीप प्रतियोगिता कार्यक्रम गरिएको थियो । उधोग तथा उपभोत्ता हित संरक्षण कार्यालयका कार्यालय प्रमुख सुर्य नेपालीको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको प्रमुख आतिथ्यमा यो चोलो सिलाई सीप प्रतियोगिता भएको हो ।
करिब एक घण्टा २० मिनेटको समयमा सहभागी सिकर्मीहरुले चोलो सिलाई गरेको थिए । कार्यक्रममा सिमकोट गाउपालिका–५ का वडा अध्यक्ष चिन रावतले यस्ता खालको सीप सिकेर रोजगार बनौँ र आयआर्जन गर्न तर्फ लाग्न सहभागी सबैलाई आग्रह गर्नुभयो । यो कार्यालयले प्रत्येक बर्ष यस्ता किसिमका कार्यक्रम गर्दै आएको छ । र कस्को सीप कत्तिको रहेछ भन्ने मुल्याङकन विहिबार सञ्चालन भएको कार्यक्रमले छुट्याएको थियो ।
यस्ता किसिमका कार्यक्रममा वडा ५ ले सहलगानी गर्ने समेत जानकारी दिनुभयो । यसैगरी यस कार्यक्रममा प्रमुख अतिथी तथा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले सिलाई कटाई तालिम लिई चोलो सिलाउनमा उत्कृष्टमा मात्र छनोट नभएर सिपलाई व्यवहारमुखी बनाई प्रशिक्षक समेत बन्न सक्नुपर्ने बताउनु भयो ।
उत्कृष्ट मात्रलााई नभई सहभागी सबैको सिपलाई उच्च कदरका साथ सम्मान सहित धन्यवाद दिनुभयो । र यो सिपलाई आफ्ना भावी पस्तालाई सिकाउनपनि आग्रह गर्नुभयो । त्यसैगरी चोलो सिलाई सीप प्रतियोगीतामा सहभागी ८ जना मध्ये प्रथम आर्यन सिलाई कटाईका हर्क नेपाली, दृतिय सुर्खेती फेसन टेलर्सका कमल नेपाली र तृतिय दानसिहं सिलाई कटाईका धनसिहं नेपाली भएको छन ।
प्रथमलाई २० हजार, दृतियलाई १० हजार र तृतियलाई ७ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको थियो । प्रथम, दृतिय र तृतियले सिलाईएका चोलोको समेत प्रदसन गरिएको थियो । कार्यालयका प्रमुख सुर्य नेपालिले यो कार्यक्रम बार्षिक स्वीकृत अनुसारको रहेको र आगमी वर्षमा यीनि कार्यक्रमहरूको सकरात्मक पक्ष रहने बताउनुभयो ।