

हुम्ला । नेपालीहरुको महान चाड दशैँ तिहार नजिकीन थालेपछि हुम्लामा सहुलियत मुल्य पसल संचालन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लिमिटेड शाखा कार्यालय हुम्लाले सोमबारदेखी सहुलियत मुल्य पसल संचालन गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खाद्य ब्यवस्था समितीका अध्यक्ष शिबराज शर्माद्धारा सोमबार सहुलियत मुल्य पसल उद्घाटन गरिएको छ । सहुलियत मुल्य पसलमा चीनि, तेल तीन प्रकारका र ७ प्ररकारका चामल विक्री गरिने छ ।
चीनि र चामल प्रति केजी ५ रुपियाँ र तेल प्रतिलिटर ७ रुपियाँमा छुट दिएर विक्री गरिने छ । सोमबारदेखी सुरु भएको सहुलियत मुल्य पसल आगामी कार्तिक १० गते सम्म संचालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लिमिटेड शाखा प्रमुख कृष्णबहादुर थापाले बताउनुभयो ।
उहाँका अनुसार सहुलियत मुल्य पसलका लागि कूल २ हजार ५ सय क्वीईन्टल चामल, ३ सय क्वीईन्टल चीनि र ५ हजार लिटर तेल छुट्याइको छ । हाल उक्त खाद्यान्न अदानचुली गाउँपालिकाको डिापो केन्द्र श्रीनगर र नाम्खा गाउँपालिकाको विक्रि केन्द्र यालवाङबाट पनि विक्रि भई रहेको छ ।
जसमा अरुवा मोटा चामल प्रति बोरा २५ किलोको १ हजार ४ सय ५०, अरुवा मध्यम चामल १ हजार ५ सय ५० , अरुवा सोना मन्सुली १ हजार ५ सय ५०, स्टिम जिरा मसिनो चामल २१ सय २५ रुपियाँमा विक्री हुने उल्लेख गरिएको छ ।
जसमा भिटामिन युक्त (एफआर) र नर्मल चामल विक्रि गरिने भएको छ । त्यस्तै भटमास, सुर्यमुखी र तोरीको तेल पनि उक्त शाखाबाट विक्रि हुने भएको छ । सहुलियत मुल्य पसलबाट उपभोक्ताले प्रति बोरामा १ सय २५ रुपियाँ छुट पाउने छ । बजारको सामान्य चामल पनि २ हजार २५ सय पर्ने अबस्थामा विपन्न नागरिकलाई मार पर्ने र त्यही रुपियाँले सहुलियत मुल्य पसलबाट चामल लिँदा राहत हुने अपेक्षा गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले हरेक वर्ष जस्तै हुम्लामा चाडपर्व लक्षित सहुलियत मुल्य पसल संचालन भएकाले सबै नागरिकलाई सेवा लिन अनुरोध गर्नु भएको थियो । बजारको भन्दा चिनी र चामल निकै सस्तो पाईने भएकाले विपन्न नागरिकलाई राहत पुग्ने उहाँको भनाई छ ।
सोमबार पहिलो दिन शाखाले समन्य प्रमुख शर्माको हातबाट एक जना सेवाग्राही खेम सुनारलाई चामलको बोरा दिएर उद्घाटन गर्नु भएको थियो ।