दोस्रो मदानदेब गोल्ड कप फुटबल प्रतियोगिता हुदै

Logo
Karnali Serophero सोमबार, भाद्र ३०, २०८२

हुम्ला । अदानचुली गाउँपालिका वडा नम्बर २ मा संञ्चालित मदानदेब युवा क्लबको आयोजनामा आगामी असोज १७ गतेदेखि दोस्रो मदानदेब गोल्डकप खुला फुटबल प्रतियोगिता हुने भएको छ । युवा क्लबको बैठक बसी दोस्रो मदानदेब गोल्डकप खुला फुटबल प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।

प्रतियोगिता बिजया दशमी तथा शुभ दिपावलीको अबसरमा १७ गते एकादशि तिथिका दिनदेखी २२ गते प्रतिपदा तिथिका दिनमा संञ्चालन हुने अध्यक्ष मोहनसिंह बुढाले जानकारी दिनु भएको छ । हिजो सम्म सो वडाकै मदन फार्मेसीले समेत आयोजना गर्ने भएनिएको भएपनि शुक्रबार फार्मेसी र मादनदेब युवा क्लबद्धारा संयुक्त बसेको बैठकले मदानदेब युवा क्लबलाइ आयोजना गर्ने सहमती भएको बताउनु भयो ।

प्रतियोगिताको मिति एकै समयमा भएको भएपनि मदन फार्मेसीले मदानदेबलाइ समर्थन गरी आयोजनामा सघाउने निर्णय गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार ४ सय ४४, द्धितीय हुने टिमले २० हजार २ सय २० र त्रितिय हुने टिमले १० हजार १ सय १० रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन भने विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई विभिन्न पुरस्कार दिइने भएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी पुरस्कार, सार्वाधिक गालेकर्ता पुरस्कार र उत्कृष्ट गोल रक्षक पुरस्कार समेत राखिएको छ । प्रतियोगिता अदानचुली गाउँपालिका भित्र रहेका गायन देखी अभिनय सम्मका कलाकार तथा सर्जकहरुलाइ सम्मान समेत गरिने भएको अध्यक्ष बुढाले बताउनु भएको छ । गाउँपलिकाको वडा नम्बर ३ स्थित फडेरा गाउँमा रहेको खेल मैदानमा संञ्चालन हुने प्रतियोगिता खुला गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला