गाउँमै राष्ट्रिय परिचयपत्र बनेपछि सदरमुकाम पुग्नु पर्ने बाध्यता हट्यो

हुम्लाका अधिकांस ग्रामिण भेग क्षेत्रका नागरिकहरूको राष्ट्रिय परिचयपत्र गाउँमै बन्न सुरु गरेपछि सदरमुकाम सिमकोट धाउनु पर्ने बाध्यता हटेको छ ।
Logo
नन्द सिंह सोमबार, आश्विन १३, २०८२

हुम्ला । हुम्लाका अधिकांस ग्रामिण भेग क्षेत्रका नागरिकहरूको राष्ट्रिय परिचयपत्र गाउँमै बन्न सुरु गरेपछि सदरमुकाम सिमकोट धाउनु पर्ने बाध्यता हटेको छ । यस अघि गाउँमा राष्ट्रिय परिचयपत्र नबन्दा यहाँका स्थानीय नागरिकले हजारौँ रुपियाँ खर्चेर सदरमुकाम सिमकोटमा रहेको जिल्ला प्रशासन कार्यालयमा धाउनु परेको थियो । तर पछिल्लो समय हुम्लामा १ महिनाको अवधिमा ३ हजार २ सय ६३ जनाको राष्ट्रिय परिचय पत्रको लागी डाटा संकलन कार्य तिव्र गरिएको छ । गाउँपालिकाको कार्यपालिकाले निर्धारण गरेको स्थानको टोल टोलमा पुगी स्थानियवासीको राष्ट्रिय परिचय पत्रको डाटा संकलन गरेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो ।

यस अघि प्रमुख जिल्ला अधिकारी रेग्मी सहितको सर्वपछिय बैठकमा जिल्लाका नाम्खा, सिमकोट, खार्पुनाथ र अदानचुली गाउँपालिकाका जनप्रतिनिधि एव गाउँपालिका अध्यक्षसँग बैठक बस्दा गाउँपालिका अध्यक्षले राष्ट्रिय परिचय पत्र बनाउन गाउँपालिका बासीलाई सास्ती भएको गुनासो प्रमुख जिल्ला अधिकारीलाई सुनायपछि प्रमुख जिल्ला अधिकारीको पहलमा गाउँ गाउँमा पुगी राष्ट्रिय परिचय पत्रको डाटा संकलन गरिएको हो ।

एक महिनाको अवधिमा हिमाली जिल्ला हुम्लाका ४ वटा गाउँपालिका नाम्खामा १ हजार १ सय ५२, अदानचुलीमा ७ सय १८, खार्पुनाथमा ८ सय ८५ र सिमकोटमा ५ सय ८ जना गरी जम्मा ३ हजार २ सय ६३ जनाको राष्ट्रिय परिचय पत्रको डाटा अफलाईन माध्यमबाट संकलन गरीएको र सदरमुकाम सिमकोटको जिल्ला प्रशासन कार्यालय हुम्लामा आइ पुगेपछि अनलाईन मार्फत संकलन गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको पहल र गाउँपालिका अध्यक्षहरुको समन्वयमा राष्ट्रिय परिचय पत्र गाउँ गाउँमा पुगी संकलन गर्दा अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरीक लगायत स्थानियवासीलाई सहज भएको छ ।

अहिले पनि संकलन गर्न बाँकी अदानचुली गाउपालिकाको १ वटा वडा र चंखेली गाउँपालिकाको २।३ वटा वडामा २ जना कर्मचारी खटी राष्ट्रिय परिचय पत्र बनाउने डाटा संकलन गर्ने कार्य भइ रहेकोछ । गाउँ गाउँमा डाटा संकलन गरेपछि हाल ग्रामिण भेग क्षेत्रका नागरिकलाई सहज भएको छ । भने यस अघि उक्त डाटा संकलनका लागि गाउँबाट सदरमुकाम सिमकोट पुग्न कम्तीमा पनि दुई दिन लाग्ने र आर्थिक भार समेत खेप्नु पर्ने अवस्था हटेको छ ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला