चंखेली गाउँपालिकामा सरकारी माेटरसाइकलकाे चरम दुरुपयोग

Logo
Karnali Serophero सोमबार, कार्तिक १०, २०८२

हुम्ला । हुम्लाकाे चंखेली गाउँपालिकामा सरकारी माेटरसाइकलको चरम दुरुपयोग भइरहेको तथ्य बाहिर आएको छ।

गाउँपालिकाकाे वडा नं. १ देखि ६ सम्मका वडा कार्यालयहरूले कर्मचारीहरूका लागि वितरण गरेका सरकारी मोटरसाइकलहरू व्यक्तिगत प्रयोजनका लागि प्रयोग भइरहेको स्थानीयले बताएका छन्।

सार्वजनिक विदा, शनिबार लगायतका दिनमा समेत ती बाइकहरू जथाभावी रूपमा चलाउने, कार्यालयका कामभन्दा पनि कर्मचारीका आफन्त, छोरा, नातेदार र साथीहरूले आफ्ना निजी कामका लागि प्रयोग गर्ने गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।

चंखेली गाउँपालिका वडा नं. २ का स्थानीय दिनेश परियारका अनुसार, आफूले सरकारी सवारी साधनको दुरुपयोग बारे आवाज उठाउँदा उल्टै कुटपिट र धम्की समेत पाएको बताइएको छ।

उनका अनुसार गाउँपालिका र वडा अध्यक्षका छोरा, भतिजा तथा निकट व्यक्तिहरूले “गाउँपालिकाको बाइक” भन्दै आफ्ना व्यक्तिगत काम, बजारका सामान किन्न र घुम्नसम्म प्रयोग गर्ने गरेका छन्।

स्थानीयले भने, “सरकारी स्रोत र साधन जनताको सेवाका लागि प्रयोग हुनुपर्ने हो, तर अहिले त यसको उल्टो भइरहेको छ।”
उनीहरूले गाउँपालिका अध्यक्ष र वडा अध्यक्षहरूले यो विषयमा हालसम्म कुनै चासो नदेखाएको र निगरानीकाे व्यवस्था समेत नमिलाएको र नैतिक जिम्मेवारी पनि नलिएको आरोप लगाएका छन्।

स्थानीयवासीहरूले सम्बन्धित निकाय र सरोकारवाला निकायहरूलाई तत्कालै ध्यान दिन, सरकारी सम्पत्तिको दुरुपयोगमा संलग्नहरूलाई कानूनी कारबाही र चेतावनी दिन माग गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला