बालबालिकाको भविष्य सुदृढीकरणका लागि तालिम सम्पन्न

Logo
Karnali Serophero मंगलबार, कार्तिक १८, २०८२

कालिकोट  । बालबालिकाको अधिकार, नेतृत्व विकास र भविष्य सुदृढीकरणका लागि रास्कोटका ३ वटा विद्यायमा १३ देखि १९ वर्ष समुहका बालबालिकालाई तालिम दिइएको छ।

उक्त तालिम प्लानको सहयोगमा, मानव अधिकार तथा वतावरण विकास केन्द्र, हुरन्डेकको आयोजनामा सम्पन्न गरिएको हो । कार्यक्रममा सहभागी बालबालिकालाई जीवआत्मविश्वास वृद्धि, नेतृत्व सीप, अधिकार र कर्तव्यबारे जानकारी दिइएको थियो।

साथै, तालिमले बालबालिकालाई विद्यालय तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउने व्यवहारिक उपाय सिकाएको प्रशिक्षक उमाशंकर अचार्य ले जानकारी दिनुभयो ।

तालिममा सहभागी विद्यार्थी पुजा बम ले भनिन्, “यस तालिमले मलाई आफ्ना मेरा अभिभावको दुख जुन मलाइ अहाँ पुगाउन गर्नु भो र मैले मेरो भविष्य बारे सपना देखेको छु।” विद्यालयका अनुसार बालबालिकाले अहिलेबाटै नेतृत्व सीप सिकेमा भविष्यमा उनीहरूले समाजमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

रास्कोटमा रहेका बालबालिकाले अफ्नो भविष्यको सपना अफै देखुन भन्ने उध्यश्यले ३ माध्यामिक तहका बालबालिकालाइ तालिम दिएको शसक्त बालिका परियोजना संयोजक पदम हमालले जनाउनु भयो ।

रास्कोटका बडिमालिका, कालाशिल्ला र मोतिराम माध्यामिक विद्यालयमा यो कर्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा करिब १ सय ९० जना बालबालिका सहभागी भएका थिए ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला