प्रहरीले बालेन र सुधन विरुद्धको उजुरी दर्ता गर्न मानेन

Logo
Karnali Serophero बुधबार, कार्तिक १९, २०८२

हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले काठमाडौँ माहा नगरपालिकाका मेयर बालेन शाहा र गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका नाइके सुधन गुरुङ विरुद्धको उजुरी दर्ता गर्न नमानेको अनेरास्ववियु हुम्लाका संयोजक सविन बोहराले बताउनुभयो ।

गत भदौ २३ र २४ गते जेन्जी आन्दोलनका क्रममा देशका अधिकांस भौतिक संरचना जलाइनुका साथै धेरै जना आन्दोलनकर्मीको मृत्यु हुनुमा पहिलो भूमिका मेयर शाह र आन्दोलनका मुख्य नाइके गुरुङ नै भएका कारण अनेरा स्ववियु हुम्ला जिल्लाको टोलि उनिहरू दवैजनालाई कार्वाहीका माग गर्दै कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा पुगेको थियो ।

तर प्रहरीले उक्त संगठनको उजुरीलाई दर्ता नगर्ने भन्दै फर्काएको सोही संगठनका केन्द्रिय सदस्य छक्क लामाले बताउनुभयो । उहाँका अनुसार केही दिनदेखि यता देशका हरेक जिल्लामा उनिहरू विरुद्धको जाहेरी दर्ता हुने क्रम जारी छ । तर हुम्लामा उजुरी दर्ता गर्न किन नमानेको भन्दै प्रहरीलाई प्रश्न गरिएको छ ।

उक्त विषयमा डिएसपी संकर पोखरेलले देशका अन्य जिल्लामा भौतिक संरचना क्षेती भएको भए पनि हुम्लामा हालसम्म कुनै क्षेती नभएका कारण उजुरी दर्ता गर्न नहुने प्रतिक्रिया दिनुभयो । डिएसपी पोखरेलले संगठनले दिएको उजुरी समात्न तयार छु तर दर्ता भने नहुने प्रस्ट पार्नुभयो ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला