विकास माग्न लिमेली जनता आईपुगे सदरमुकाम

Logo
Karnali Serophero आइतबार, मंसिर ०७, २०८२

हुम्ला । हिमालपारिकाे बस्ति  नाम्खा गाउँपालिका- ६ लिमिका ३ गाउँबाट स्थानीयवासीहरू विकास माग्न सदरमुकाम सिमकाेट आईपुगेका छन।

५ हजार मिटर उचाइ न्यालु लेकमा जमेकाे हिउँ बरफ पन्छाएर सदरमुकाम सिमकाेट पुगेका हुन् । तीन गाउँ तिल, हल्जी , जाङ गाउँबाट विकास माग्न सिमकाेट आईपुगेकाे नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जाेर तामाङले जानकारी दिए। १५ जना महिला ५० जना पुरूषहरू विकास माग्न शनिबार सदरमुकाम सिमकाेट पुगेकाे वडाध्यक्ष तामाङले बताए।

न्यालु लेकको सडकमा जमेको बरफ फुटाउन सात घण्टा लागेको वडाध्यक्ष तामाङको भनाई छ। गाउँमा विकास धेरै बाँकी रहेकाेले सदरमुकाम सिमकाेट स्थित विकासी कार्यालायहरूमा विकास माग गर्न डेलिकेशनमा आएकाे बताए

सञ्चार, सडक, पुल, खाद्यान्न, स्वास्थ्य र शिक्षा लगायतका समस्याहरु लिमीका गाउँमा रहेको र ती समस्या समाधानका लागि वडाध्यक्षकाे नेतृत्व टाेली सिमकाेट पुगेकाे हाे।

विकास माग्न डेलिगेशन आइपुगेको समूहले आइतबार १० बजे जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल र आफ्ना समस्या सुनाउने कार्यक्रम तय गरेको छ । त्यसपछि हिल्सा सिमकोट सडक योजना, पूर्वाधार विकास कार्यालय, नेपाल टेलिकममा पुगेर आफ्ना समस्या राख्ने कार्यक्रम तय गरिएको छ । यसरी विकास माग्न यति ठुलो समुह लिमीबाट पहिलो पटक आइपुगेको हो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला