हुम्ला । सिमकाेट गाउँपालिका-५ सिम स्थित घाँस काटने क्रममा भालुकाे आक्रमणमा परि तीन जना घाइते भएका छन।
घाइते हुनेमा सिमकाेट गाउँपालिका- ५ बस्ने ५९ वर्षका लक्ष्य रावत, उनकी श्रीमती वर्ष ५५ कि बाचु रावत र ३८ वर्षिया रजनि रावत घाइते भएका छन।
आइतबार विहान ६:१० बजेकाे समयमा सिम क्षेत्रमा गएकाे बेला भालुकाे आक्रमणमा परि घाइते भएकारूलाई जिल्ला अस्पताल हुम्लामा उपचार भईरहेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक संकर पाेखरेलले बताउनुभयाे ।
लक्ष्य रावतकाे टाउकाेमा, बाँचु रावतकाे दाइने हात, गालामा र रजनिकाे छातिमा चिथाेरेकाे पाेखरेलले बताउनुभयाे। सदरमुकाम सिमकाेट नजिकै भालुकाे आक्रमणमा परेर घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। घाइतेका हाल जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ ।
