हुम्ला । सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२ को सार्वजनिक सुनुवाइ ग।रेको छ । सिमकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बर्षबहादुर फडेराले आर्थिक वर्ष ०८१।०८२ मा सिमकोट गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पशु, कृषि लगायतका क्षेत्रमा गरिएका कार्य सम्पदानहरु माथिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सुशासन व्यवस्था र सञ्चालन ऐन २०६४ र सम्बन्धित नियमावली २०६५ मा सार्वजनिक सुनुवाइ कार्यविधि अनुसार प्रत्येक चार÷चार महिनामा कम्तीमा एकपटक सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान रहेकाले सोही अनुसार सार्वजनिक सुनुवाइ गर्नु पर्नेमा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जोड दिए ।
पारदर्शिता र सुशासन कायम गर्न सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था सरकारले गरेकाले सोही अनुसार सिमकोट गाउँपालिकाले आफुले गरेका काम कार्यहरुको ४।४ महिनामा सार्वजनिक सुनुवाइ हुनु पर्ने स्थानीयको भनाई छ । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको प्रमुख आतिथ्य संगै जिल्ला समन्वय समितिका सदस्य सरिता रावत, उपाध्यक्ष शुसिला रोकाया, प्रहरी नायव उपरिक्षक संकर पोखरेल लगायत राजनैतिक दलका प्रमुख एव प्रतिनिधिहरुको सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित रहेको थियो ।
