लक्ष्मी सनराइज बैंकले पुस १४ गते बोलायो साधारण सभा

Logo
Karnali Serophero बिहिबार, मंसिर १८, २०८२

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले पुस १४ गते २५औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । प्रस्तावित लाभांशलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २४ अर्ब ३४ करोड ६५ लाख १२ हजार रुपैयाँको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको संरचना हेरफेर गर्ने प्रस्ताव गरेको कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव समेत गरेको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला