५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको कालिञ्चोक दर्शनले शतप्रतिशत हकप्रद पनि जारी गर्ने 

पुस १५ गते बोलायो साधारण सभा
Logo
Karnali Serophero आइतबार, मंसिर २१, २०८२

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले ५ प्रतिशत बोनस शेयरपछि कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लगानीकर्तामा पहिलो पटक लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा हकप्रद निष्कासनको समेत प्रस्ताव अघि सारेको हो।

मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ६० करोड रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव समेत थप गरी वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । पुस १५ गते बद्रीनाथ होटल,गौशाला, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो ।

सभाले प्रस्तावित ५ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीका आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने र त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । यसका लागि प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय सभाले टुङग्याउनेछ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला