नेपाल रिपब्लिक मिडियाले पुस ८ गते बोलायो विशेष साधारण सभा 

Logo
Karnali Serophero सोमबार, मंसिर २२, २०८२

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले पुस ८ गते विशेष साधारण सभा बोलाएको छ । अर्पण ब्याङ्क्वेट, नयाँ बानेश्वर, काठमाडौंमा विहान १०ः३० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभाले कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ । कम्पनीले यी प्रस्ताव पारितका लागि मात्र विशेष साधारण सभा बोलाएको हो ।

सञ्चार क्षेत्रको पहिलो कम्पनीको रुपमा दोस्रो बजारमा सूचीकृत यो कम्पनीले हालसम्म लगानीकर्ताका लागि भने लाभांश वितरण गर्न सकेको छैन्। विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा मंसिर २९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

कम्पनी खुद नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म यो कम्पनी १ करोड ५५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको हो । ९६ करोड ७५ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको पहिलो त्रैमाससम्म रिटर्न अर्निग ५२ करोड ७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।प्रतिशेयर १ रुपैयाँ ६१ पैसा नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ८७ रुपैयाा २३ पैसा छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला