डिजिटलमैत्री सेवा सुचारू

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सामाजिक विकास कार्यालयले डिजिटल मैत्री सेवा सञ्चालन गरेको छ ।
Logo
नन्द सिंह बुधबार, मंसिर २४, २०८२

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सामाजिक विकास कार्यालयले डिजिटल मैत्री सेवा सञ्चालन गरेको छ । बुधबार उक्त कार्यालयले डिजिटलमैत्री नागरिक वडापत्र सेवा सञ्चालनका लागि उद्घाटन कार्यक्रम सञ्चालन गरेको हो । कार्यालयले एक कार्यक्रमका विच अनलाइन माध्यमबाट सेवाहरू सञ्चालन गर्ने उदेश्यका साथ उक्त कार्यक्रम सञ्चालन गरेको छ । जसमा ई–हाजिरी, (फेस÷फिंगर पृन्ट) दुवै, सिसिटिभि क्यामेरा र नयाँ कार्यालय भवनको उद्घाटन गरिएको हो ।

कार्यालयका कर्मचारीलाई सहज र सेवाग्राहीलाई छिटो छरितोका लागि सामाजिक विकास कार्यालयले यस्तो कार्यको थालनी गरेको कार्यालय प्रमुख इश्वरबहादुर सिंहले बताउनुभयो । भौगोलिक हिसावले हुम्ला जिल्ला निकै कठिनाई छ । यस अघि दुर्गमका सेवाग्राहीले सेवा पाउँन धेरै दिन लाग्ने भएकै कारण अव यस्तो ढिलासुस्ती नगरि सेवाग्राहीलाई छिटो छरितो गरि घर फर्काउने शिर्जना गरिएको प्रमुख सिंहको भनाई छ ।

यसले अनलाइन सेवामा सहज पहुँच, सेवाको स्पष्ट समयसीमा, नागरिकको गोपनियता र समधान गर्ने व्यवस्था, गुनासो सुन्ने र समधान गर्ने व्यवस्था, सबै नागरिकका लागि समान पहुँच, पारदर्शिता र जवाफदेहिता हुने गर्दछ । जसले गर्दा सेवाग्राहीले सहजै रुपमा सेवा पाउने भएका छन् । डिजिटलमैत्री सेवाको उद्घाटन भने सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले गर्नुभयो ।

उद्घाटनमा अध्यक्ष भण्डारीले हुम्लामा पहिलो पटक सरकारी कार्यालय मध्ये सामाजिक विकास कार्यालयले उदाहरणिय कार्य गरेको बताउनुभयो । यसलाई नियमितता दिनु पर्ने सुझाव समेत दिनु भएको थियो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला