चन्द्रागिरि हिल्सले ५ प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने 

पुस २३ गते १६औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको
Logo
Karnali Serophero मंगलबार, पुष ०१, २०८२

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले ५ प्रतिशत बोनस शेयर र शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ । मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २३ गते १६औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको बटम स्टेशन परिसर, थानकोट, काठमाडौंमा विहान ११ बजे हुनेछ ।

सभाले गत आर्थिक वर्ष ०८१।८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गर्दै बोनसपछि कायम चुक्तापूँजीका आधारमा शतप्रतिशत  हकप्रद शेयर निष्कासनको प्रस्ताव पनि सभाले पारित गर्नेछ । कम्पनीको प्रबन्धपत्र संशोधन प्रस्ताव गरेको कम्पनीले त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ ।

प्रभु बैंकबाट नयाँ परियोजना निर्माणका लागि लिइएको कर्जा अनुमोदनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस १० गते सार्वजनिक विदा परेकाले पुस ९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला