बोटलर्स नेपाल अन्तर्गतका दुई कम्पनीले पुस २३ गते बोलाए साधारण सभा 

Logo
Karnali Serophero बुधबार, पुष ०२, २०८२

काठमाडौं । बोटलर्स नेपाल अन्तर्गतका दुई कम्पनीहरुले पुस २३ गते बार्षिक साधारण सभा बोलाएका छन् ।बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) ले एकै दिन वार्षिक साधारण सभा बोलाएका हुन । बोटलर्स नेपाल तराईले विहान ११ः३० बजे र बोटलर्स नेपाल (बालाजु) ले दिउँसो ३ बजे सभा गर्न लागेका हुन ।

दुबै कम्पनीको सभा होटल याक एण्ड यति , दरबारमार्ग, काठमाडौंमा हुनेछ । लाभांश प्रस्ताव नगरेका यी कम्पनीहरुले गत आर्थिक वर्ष ०८१।८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछन् । बोटलर्स नेपाल बालाजुले उल्लेखित प्रस्ताव वाहेक सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने एक जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत तय गरेको छ ।

साधारण सभा प्रयोजनका लागि दुबै कम्पनीले एकै दिन पुस ११ गते बुक क्लोज गर्न लागेका छन् । पुस १० गते सार्वजनिक विदा परेकाले पुस ९ गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला