काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ५० करोड रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
प्रस्तावित हकप्रद शेयर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्ने जानकारी कम्पनीले दिएको छ। त्यसपछि पनि विद्युत नियमन आयोगको पूर्वस्वीकृति र नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई हकप्रद शेयर निष्कासन हुनेछ ।
