कांग्रेस विशेष महाधिवेशन केन्द्रित मिडिया सेन्टर सञ्चालनमा

नेपाली कांग्रेसको विशेष महाधिवेशन यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।
Logo
Karnali Serophero शुक्रबार, पुष २५, २०८२

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई केन्द्रमा राखेर काठमाडौँमा मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ । पार्टीका गतिविधि, निर्णय प्रक्रिया र महाधिवेशनका तयारीबारे सूचनाको एकीकृत र व्यवस्थित प्रवाह सुनिश्चित गर्ने उद्देश्यसहित उक्त मिडिया सेन्टर शुक्रबारदेखि प्रदर्शनीमार्गस्थित कार्यालयबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा सञ्चालनमा आएको मिडिया सेन्टरले महाधिवेशनसम्बन्धी समाचार, विज्ञप्ति, फोटो, भिडियो तथा अन्य सूचना सामग्री सञ्चारमाध्यमसम्म समयमै प्रभावकारी रूपमा पुर्‍याउने लक्ष्य लिएको जनाएको छ । संयोजक भण्डारीका अनुसार पार्टीभित्रका गतिविधि र निर्णय प्रक्रियाबारे तथ्यमा आधारित सूचनाको पहुँच सहज बनाउने तथा अफवाह र अपुष्ट सूचनाको प्रभाव कम गर्ने दिशामा मिडिया सेन्टरले सक्रिय भूमिका खेल्नेछ ।

विशेष महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र देखिएको राजनीतिक चहलपहल, नेतृत्व चयनसम्बन्धी बहस र सांगठनिक पुनर्संरचनाका मुद्दाहरूलाई पारदर्शी ढंगले सार्वजनिक गर्ने प्रयासका रूपमा पनि मिडिया सेन्टरलाई हेरिएको छ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुँदैछ, जहाँ पार्टीको भावी राजनीतिक दिशा र संगठनात्मक संरचनाबारे निर्णायक छलफल हुने अपेक्षा गरिएको छ । यस्तो संवेदनशील राजनीतिक परिवेशमा सूचना व्यवस्थापनलाई केन्द्रीय प्राथमिकतामा राख्दै स्थापना गरिएको मिडिया सेन्टरले महाधिवेशनको समाचार प्रवाहमा कति प्रभावकारी भूमिका खेल्छ भन्ने विषयलाई सञ्चार क्षेत्रले पनि चासोका साथ नियालिरहेको छ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला