हुम्ला । राष्ट्रिय सडक सञ्जालसंग जोडिएको करीव सात महिना वित्यो । तर यहाँका गर्भवती महिलाहरूले अझैँ विचबाटोमै सुत्केरी हुनु पर्ने बाध्यता छ । हुम्ला जिल्ला भरका लागि सदरमुकाम सिमकोट एउटा सुगम क्षेत्रका रुपमा मानिन्छ । यहाँ नत समयमै सुत्केरी आमाहरूको उद्धार हुन्छ । नत भनेको समयमा एम्बुलेन्स नै पाइन्छन् । विगत जस्तै अहिले पनि यहाँका सुत्केरी महिलाहरूले भनेको बेला एम्बुलेन्स तथा अन्य सवारी साधन नपाएपछि विचबाटो मै सुत्केरी हुनुको विकल्प छैन ।
हुम्लाका हरेका गाउँपालिकामा रहेका स्वास्थ्य शाखा र जिल्ला अस्पतालको र स्वयम गाउँपालिकाको यस्ता क्रियाकलापमा उद्धारको पहिलो भूमिका निर्वाह गर्ने कर्तव्य हो । उद्धारको त कुरै छोडौँ यहाँका गाउँपालिकालाई नत एम्बुलेन्स नै छन् । नत उपचारका लागि औषधि नै पाइन्छ ? हरेक गाउँबाट सुत्केरी व्यथा लागेकी महिलाहरूलाई एक मात्रै जिल्ला अस्पतालमा लैजाने पलान गर्छन । तर ति महिलाहरूलाई जिल्ला अस्पतालमा नपुगाउँदै बाटैमा सुत्केरी गराउनु पर्ने बाध्यता छ ।
हुम्लाको सदरमुकाम सिमकोटमा शुक्रबार राति माईनस ८ डिग्रीको कठोर चिसोमा, राति ११ बजे खार्पुनाथ गाउँपालिका–४ स्थित छिप्रा घर भई सिमकोट गाउँपालिका–६ लादेबाडा माइती घरमा बस्दै आएकी २२ वर्षीया शुसिला परियार जिल्ला अस्पताल लिने क्रममा बजारको विचबाटोमा रहेको पदमा फर्निचर नजिकै सुत्केरी हुनु भएको थियो ।
बाटोमै सुत्केरी भएकी परियारलाई सोही दिन गैर सरकारी संस्था नामक वानहट वल्डवाइडको पहलमा उद्धार गरिएको थियो । उक्त सुत्केरी हुनु भएकी परियारलाई तत्कालै बजारको काली चोक पुर्याएर जिल्ला अस्पतालको एम्बुलेन्समार्फत सुरक्षित अस्पतालसम्म पु¥याएको स्थानीय ओवराज शाहीले बताउनुभयो । बाटोमै जन्मिँदा आमा–छोराको जीवन जोखिममा थियो, तर समयमै उद्धार गर्दा दुबै सुरक्षित छन् ।
उद्धार सफल भएको र आमा–छोरा दुवै सुरक्षित रहेको वानहट वल्डवाइडका जिल्ला संयोजक प्रकाश शर्माले बताउनुभयो । यो घटना एउटा प्रतिनिधि पात्र मात्रै हो । हुम्लामा समयमै उद्धार हुन नसक्दा यस अघि पनि केही सुत्केरी महिलाहरूले ज्यान गुमाउनु परेको थियो । भने समयमै सम्वन्धित ठाउँमा नपुग्दै बाटोमा समेत सुत्केरी हुने महिलाको पनि उल्लेखनीय संख्या पाइएको छ ।
