शान्त, मर्यादित र भयरहित निर्वाचन बनाउन मुख्य निर्वाचन अधिकृतको टोली गाउँमा

Logo
Karnali Serophero बिहिबार, माघ २२, २०८२

हुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पूर्ण रूपमा स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सुरक्षित तथा विश्वसनीय बनाउन हुम्ला जिल्लाका दक्षिणी क्षेत्रअन्तर्गत पर्ने विभिन्न गाउँपालिकाका मतदान स्थलहरूको स्थलगत अवस्था, भौतिक पूर्वाधार, सुरक्षा व्यवस्थापन, मतदाताको पहुँच, निर्वाचन सामग्रीको सुरक्षित भण्डारण तथा समग्र तयारीको सूक्ष्म मूल्यांकन गर्ने उद्देश्यसहित मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालको नेतृत्वमा गएको टोलिले मतदान केन्द्रको अनुगमन गरेको छ ।

बुधबार सिमकोटबाट प्रस्थान भएको उक्त टोलीले ताँजाकोट गाउँपालिकाका ७ र अदानचुली गाउँपालिकाका ६ वटा मतदान स्थलहरूको अनुगमन गरेको जिल्ला अदालत हुम्लाका श्रेस्तेदार एबम् सहायक मुख्य निर्वाचन अधिकृत श्रीदिव वाग्लले बताउनुभयो । पहिलो दिन ताँजाकोट गाउँपालिकाका मतदान स्थलहरूको विस्तृत अनुगमन गरेको थियो भने दोस्रो दिन आज अदानचुली गाउँपालिकाका मतदान स्थलको अनुगमन गरि टोलि चंखेली गाउँपालिकामा प्रस्थान गरेको श्रेस्तेदार वाग्लले बताउनुभयो । उहाँका अनुसार त्यस लगतै सर्केगाड र खार्पुनाथ गाउँपालिकाका मतदान स्थलहरूको पनि अनुगमन गरिने भएको छ ।

क्रमिक रूपमा अनुगमन गर्दै सम्पूर्ण प्रक्रिया सम्पन्न गरी सिमकोट फर्किने कार्यतालिका तय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले जानकारी दिनुभएको छ । टोलिले विभिन्न स्थलहरूमा पुगेर आवश्यक निर्देशन तथा समन्वय गर्दै आएको छ । अनुगमन टोलीमा मुख्य निर्वाचन अधिकृत निलकण्ठ बराल, प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी, गुल्मपति हरिबाबु श्रेष्ठ, प्रहरी नायव उपरीक्षक शंकर खड्का, सशस्त्र प्रहरी बलका प्रहरी नायव निरिक्षक डम्बरबहादुर साउद, राष्ट्रिय अनुसन्धान अधिकृत मेघराज कडेल र जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकाया सहित सम्बन्धित सुरक्षा निकाय र प्रशासनका उच्च अधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको छ ।

जसले दुर्गम भौगोलिक अवस्थाका बाबजुद निर्वाचनलाई प्रभावकारी, सुरक्षित र जन विश्वास योग्य बनाउन राज्य संयन्त्र पूर्ण रूपमा सक्रिय रहेको सन्देश प्रवाह गरेको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला