निर्वाचन नजिकिए संगै गाउँ चहलपहलः बजार सुनसानः व्यवसाय ठप्प

नेपाल सरकारले आगमी फागुन २१ गते निर्वाचन तोके संगै गाउँमा चहलपहल बढेको छ ।
Logo
नन्द सिंह शनिबार, माघ २४, २०८२

हुम्ला । नेपाल सरकारले आगमी फागुन २१ गते निर्वाचन तोके संगै गाउँमा चहलपहल बढेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकेपछि यहाँका राजनिति दलका नेता तथा कार्यकर्ता गाउँ पसेपछि गाउँमा निकै चुनावी चहलपहल बढेको हो ।

धेरै जसो मानिसहरू गाउँ पसेपछि सदरमुकाम सिमकोट भने सुनसान बनेको छ । केहीदिनदेखि जिल्लाको मुटुका रुपमा रहेको सदरमुकाम सिमकोट मानिस नै नभएकोले सुनसान बनेको हो । गाउँबाट मानिसहरू नै बजार नछिरेपछि बजार व्यवसायी गरेका मानिसहरू बाहेक अन्य कोही व्यक्तिहरू नभेटिने गरेको पाइएको छ ।

गाउँमा राजनिति चहलपहल बढेपछि बजार व्यवसायीको व्यवसाय नै ठप्प बनेको सिमकोट बजारमा व्यवसाय गर्दै आएका लोग भण्डारीले बताउनुभयो । उसैत हुम्लाको सदरमुकाम सिमकोट स्थानीय तह छुटेदेखि आर्थिक तथा व्यपार व्यवसायमा कम्जोर बन्दै गएको थियो ।

झन यो समय प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएपछि गाउँबासी बजार नआएकै कारण व्यवसाय चौपट परेको व्यवसायी भण्डारीको भनाई छ । विहानदेखि बेलुकासम्म व्यपार नै नभएपछि घाम ताप्नु बाहेक अन्य कुनै विकल्प नरहेको उहाँले बताउनुभयो । बजारमा मानिसहरूको चहलपहल नभएपछि पसलको भाडा समेत तिर्न कठिनाई हुने गरेको भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला