हुम्लामा कांग्रेस विजय हुने नेता शाहीको दावी

नेपाली कांग्रेस हुम्लाले संकल्प तथा प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ ।
Logo
नन्द सिंह सोमबार, माघ २६, २०८२

हुम्ला । नेपाली कांग्रेस हुम्लाले संकल्प तथा प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । सोमबार जिल्ला सदरमुकाम सिमकोटको विजय होटेलमा एक कार्यक्रमका विच संकल्प तथा प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो । प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा बोल्दै नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य एवम कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारले पहिले नै जित हासिल गरि सकेको जिकिर गर्नु भएको छ ।

विशेष गरि अन्य दलका नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस पार्टीको जवसम्म खिल्ली गर्दै गएका छन् तवसम्म कांग्रेसको उम्मेदवारको अवश्य जित हासिल भएको नेता शाहीको भनाई छ । नेता शाहीले नेपाली कांग्रेसमा दुई धार रहेको र त्यसको फाइदा नेपाली कम्युनिष्ट पार्टी नेकपाले लिने भन्ने भ्रममा परेकोले आफुलाई थप उर्जा बढेको बताउनुभयो । पार्टीमा दुई धार र विजुलीमा दुई तार नहुँदासम्म नत पार्टी चल्छ नत बत्ति नै बल्छ भन्ने कुरालाई उल्लेख गर्नुभयो ।

विगत २०४८ सालदेखि हालसम्म हुम्लामा निर्वाचन भए । तर अहिले जस्तो सजिलो र भर पर्दो चुनाव कहिले नहुने नेता शाहीको भनाई छ । यो समय हुम्लामा नेपाली कांग्रेस सहजै रुपमा पहिलो पार्टी बन्नुका साथै आफ्नो उम्मेदवारले सजिलै विजय हुनेमा ढुक्क भएको शाहीले बताउनुभयो । हुम्लामा कांग्रेसका ६ हजार क्रियाशिल सदस्य नविकरण हुनुका साथै प्रति व्यक्तिले एक एक जना समेट्ने हो भने १२ हजार मतदाता भएर बहुमतका हिसावले चुनाव जित्ने बताइएको छ । हुम्लामा प्रत्येक्ष तर्फको उम्मेदवारले विजय हुनलाई ९ हजार मत ल्याउनु पर्ने छ ।

उक्त कार्यक्रममा बोल्दै पुर्व संविधानसभा सदस्य एबम नेपाली कांग्रेसका नेता रिता शाहीले जस्तो सुकै संकटको घडीमा पनि नेपाली कांग्रेसले गुटउपगुट नगरि उम्मेदवारलाई जिताउने अभियानमा लागेको बताउनुभयो । नेता शाहीका अनुसार लोकतन्त्रमा सबैलाई उम्मेदवार भएर जित्ने आशा हुन्छ र पार्टी भित्र पनि संघर्ष गर्नु पर्ने हुन्छ । त्यसैले आन्तरिक रुपमा जस्तो सुकै द्वन्द्व भए पनि बाहिरी रुपमा पार्टी एक ढिक्का भएर लाग्ने नेता शाहीले बताउनुभयो ।

त्यस्तै प्रतिज्ञापत्र प्रस्तुत गर्दै सो पार्टीका प्रत्यक्ष उम्मेदवार जयपति रोकायाले राष्ट्रियता, संविधान र लोकतन्त्रको संरक्षण तथा संवद्र्धन गर्ने, कांग्रेसले संकल्प गरेको विकासका ६ वटा ’ब’ हरुमा बाटो, बिजुली, विचार, बन, बजार र व्यवस्थापनलाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला