एक महिनाको अवधिमा दशवटा घटना

Logo
नन्द सिंह शुक्रबार, फाल्गुण ०१, २०८२

हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लामा एक महिनाको अवधिमा दशवटा घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाले दिएको सुचनाका आधारमा जिल्लामा विभिन्न किसिमका गरि गत माघ महिनमा मात्रै दशवटा घटनाहरू घटेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाले गत माघ महिनाको प्रगति विवरण प्रस्तुत गरेको छ । हुम्ला जिल्लाका क्रियाशिल पत्रकारहरूको उस्थितीमा गत माघ महिनाको प्रगति तथा प्रतिवेदन प्रस्तुत गर्ने क्रममा यो कुरा खुल्न आएको छ ।

हुम्ला जिल्लामा भएका विभिन्न घटनाहरूको जानकारी गराउँदै प्रहरी नायव उपरिक्षक शंकर खड्काले एक महिनाको अवधिमा भए गरेका प्रगति प्रतिवेदनमा उल्लेख गरिएका विषयको प्रेस विज्ञाप्ती मार्फत जानकारी दिनुभयो । जसमा कर्तव्य ज्यानका दुईवटा, जवरजस्ती करणीका दुईवटा, सवारी दुर्घटनाका चारवटा र हातहतियार सम्वन्धिका दुईवटा घटनाहरू भएको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाको आफ्नो नियम अनुसार महिनाको १ गते कार्यालयमा भएका प्रगति तथा प्रतिवेदन र विभिन्न घटनाहरूको जानकारी गर्ने कार्यक्रम अनुसार शुक्रबार जिल्ला स्थित पत्रकारहरूसंगको चियापन कार्यक्रममा प्रहरी नायव उपरिक्षक खड्काले यस्तो जानकारी गराउनुभयो । त्यस्तै यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै अप्रिय घटना हुन नदिनका लागि स्थानीयले लाइसन प्राप्त गरेका भरुवा बन्दुक (हातहतियार) तोकिएको समयसम्मका लागि जिल्ला प्रहरी कार्यालय हुम्लामा बुझाउने सुचना गरेको थियो ।

हुम्लामा हालसम्म ६ जनालाई हातहतियारको लाइसन रहेको पाइएको छ । उक्त सुचना अनुसार हालसम्म ५ जनाले प्रहरीमा हातहतियार बुझाइ सकेको र बाँकी एक जना जिल्ला बाहिर रहेकोले केही समय लाग्ने भएको प्रहरी नायव उपरिक्षक खड्काको भनाई छ । उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकारमहासंघ हुम्लाका अध्यक्ष राजन रावतले यो समय निर्वाचन भएकोले जिल्लाका क्रियाशिल पत्रकारहरूले निर्वाचन आँचारसहिंत उलंघनका कुनै पनि क्रियाकलाप गर्न नहुने सुझाव दिनु भएको थियो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला