हुम्लामा आइ पुग्यो मतपत्र र निर्वाचन सामग्री

Logo
नन्द सिंह शनिबार, फाल्गुण ०९, २०८२

हुम्ला । हुम्लामा मतपत्र सहित निर्वाचन सामग्री आई पुगेको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशले हिमाली जिल्लामा हवाई मार्गबाट ढुवानी गरेर मतपत्र सहति अन्य निर्वाचन सामग्री पठाएको हो । शनिबार विहान नेपाली सेनाको हवाई जहाजमा सुर्खेतबाट मतपत्र सहित अन्य निर्वाचन सामग्री हुम्ला आई पुगेको सहायक निर्वाचन अधिकृत श्रीदिव वाग्लेले बताउनुभयो । निर्वाचन आयोग कर्णाली प्रदेशले हिमाली जिल्लामा मतपत्र सहित अन्य निर्वाचन सामग्री हवाई मार्गबाट पठाउन सुरु गरेको उहाँले बताउनुभयो ।
शनिबार नेपाली सेनाको जहाजले १३ प्रकारका सामग्री हुम्ला पुराएको छ । आज जिल्लामा ३९ हजार समानुपातीक तर्फका र ३७ हजार प्रत्येक्ष तर्फका मतपत्र आइ पुगेको छ । त्यस्तै मतदाता नामावली १३०, मतपेटिका स्टिकर २६८, निर्वाचन सम्बन्धि ऐन नियम संग्रह ३, मतदान निर्देशिका ७०, मतगणना निर्देशिका ३, स्ट्याम्प प्याड मसी २०१, नउड्ने मसिको मार्कर २०१, स्वस्तिक छाप ५३६, स्ट्याम्प प्याड २०१ वटा हुम्ला जिल्लामा आइ पुगेको सहायक निर्वाचन अधिकृत वाग्लेले बताउनुभयो ।

मतपत्र सहित अन्य निर्वाचन सामग्री बुझ्नका लागि मुख्य निर्वाचन अधिकृत निलकण्ठ बराल, प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी, गुल्मपति हरिबावु श्रेष्ठ, प्रहरी नायव उपरिक्षक शंकर खड्का, सशस्त्र प्रहरी बलका नायव उपरिक्षक पुस्कर सिंह ऐर, अनुसन्धान अधिकृत मेघराज कँडेल, आचार संहिता अनुगमन समितिका अधिकृत राजेन्द्र कुमार चन्द र अंगबहादुर कार्की, जिल्ला निर्वाचन अधिकारी भिमबहादुर रोकाया लगाएतको उपस्थिती रहेको थियो । आज जिल्ला बाहिरबाट आएको मतपत्रहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षितकासाथ पुगाएको बताइएको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला