गाउँ–गाउँमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

Logo
नन्द सिंह शनिबार, फाल्गुण ०९, २०८२

हुम्ला । जिल्लामा बदर मत कम गर्नका लागि विभिन्न गाउँबस्तीमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनेको छ । फागुन ३ गतेबाट सुरु भएको मतदाता शिक्षा कार्यक्रम गाउँ–गाउँमा सञ्चालन गर्ने कार्यले तीव्रता पाएको हो । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर हुन सक्ने मत कम गर्न खटिएका स्वयंसेवकहरूले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्दै आएका छन् ।

दक्षिण क्षेत्रको अदानचुली गाउँपालिका–२ का मतदाता बेला विकले समयमै स्वयंसेवक आएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । आफूले कार्यक्रममा सहभागिता जनाएको र यसपटक बदर मत नहुनेमा विश्वस्त रहेको उहाँको भनाइ छ । मतदान गर्दा मत कसरी बदर हुन सक्छ, आफ्नो मत आफैं कसरी खसाल्ने लगायतका विषयमा स्वयंसेवकहरूले सहजीकरण गरिरहेको विकले बताउनुभयो ।

मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि चंखेली गाउँपालिका–१ की स्वयंसेविका ज्ञानु थापाले फागुन ३ गतेदेखि कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो । गाउँबस्तीमा उपलब्ध मतदाताले समय दिएर सहयोग गरेकोमा आफू सन्तुष्ट रहेको उहाँले बताउनुभयो । सुरुमा बस्ती–बस्तीमा पुगेर शिक्षा प्रदान गरिएको र शुक्रबारदेखि घर–घरमै पुगेर मतदाता शिक्षा दिइरहेको उहाँको भनाइ छ ।

मतदाता शिक्षाका लागि तयार पारिएका पाठ्य सामग्रीबारे जानकारी गराउने र मत बदर हुन नदिने उपाय सिकाउने कार्य भइरहेको उहाँले बताउनुभयो । मतदाताले विषयवस्तु राम्रोसँग बुझेको देखिएकाले यस कार्यक्रमले बदर मत घटाउन सहयोग पुग्ने जिल्ला निर्वाचन अकिारी भिमबहादुर रोकायाले जानकारी दिनुभयो । अधिकारी रोकायाका अनुसार जिल्लाका ४४ वटै वडाका बस्तीमा मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताउनुभयो । लिमीका तीन वटा मतदान केन्द्रमा मेलमार्फत मतदाता शिक्षा सामग्री पठाएर कार्यक्रम सञ्चालन भईरहेको रोकायाले बताउनुभयो ।

लिमी प्रवेश गर्ने दुई वटा नाका बन्द रहेकाले त्यहाँका स्वयंसेवक कार्यालयमा आउन नसक्ने अवस्था भएपछि वैकल्पिक उपाय अपनाइएको उहाँले जानकारी दिनुभयो । उक्त मतदाता शिक्षा कार्यक्रम फागुन १७ गतेसम्म जारी रहने भएको छ । यसमा खटिने स्वयंसेवकलाई एकमुष्ट १० हजार रुपियाँ पारिश्रमिक दिने व्यवस्था गरिएको छ अधिकारी रोकायाले बताउनु भएको हो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला