हुम्ला । चुनावी मैदनमा उत्रिएका विभिन्न पार्टीका केही उम्मेदवारहरूले हालसम्म बैँक खाता सञ्चालन नगरेको पाइएको छ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्येक उम्मेदवारहरूले खाता सञ्चालन गरेर उक्त बैँकबाट कारोवारो गर्ने भनिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लामा दर्ता गराएका सातवडाटा दलहरू मध्ये पाँचवटा दलले मात्रै राष्ट्रिय बाणिज्य बैँक हुम्लामा खाता सञ्चालन गरेको र अन्य दुईवटा दलहरूले खाता नखोलेको आचारसहिंता अनुगमन सहायक अधिकृत अंगबाहदुर कार्कीले बताउनुभयो ।
सहायक अधिकृत कार्कीका अनुसार निर्वाचन आयोगको निर्देशन परिपालना नभएको बताउनुभयो । राष्ट्रिय बाणिज्य बैँकमा खाता सञ्चालन गर्नेमा हालसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ठ पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी रहेका छन् । त्यस्तै हालसम्म खाता सन्चालनका लागि उक्त कार्यालयबाट सिफारिस नलिएको र खाता सञ्चालन समेत नगरेका पार्टीहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र प्रगतिशिल लोकतान्त्रीक पार्टी रहेको सहायक अधिकृत कार्कीको भनाई छ । निर्वाचन आयोगको परिपत्रले प्रत्येक उम्मेदवारले बैँक खाता खोलेर ३३ हजार रुपियाँ सम्म मात्रै खर्च गर्न पाउने प्राव्धान ल्याएको छ ।
उक्त प्राव्धानको वेवास्था गर्दै उक्त पार्टीका उम्मेदवारहरूले खाता सञ्चालन गरेका छैनन । हुम्लामा करीव तीन हप्तादेखि यता गाउँ–गाउँमा चुनावी अभियान सञ्चालन गरि रहेका छन् । घरदैलो अभियानका क्रममा लाखौँ रकम खर्च हुने गर्दछ । खाता सञ्चालन नगरेका पार्टीका उम्मेदवारहरूलाई त्यसको नियमनकारी निकायले नत नियन्त्रण लियो नत खाता सञ्चालन नगर्ने पार्टीका उम्मेदवारहरुलाई के गर्नै भन्ने विषयमा जकानरी नै भयो । जसले गर्दा सम्वन्धित निकाय नै अन्यौलमा रहेको देखिएको छ ।
