मौन अवधिको पुर्ण परिपालना गर्ने राजनितिक दलको प्रतिवद्धता

Logo
नन्द सिंह सोमबार, फाल्गुण १८, २०८२

हुम्ला । फागुन २१ गते हुन निर्वाचनका लागि सुरु हुन गही रहेको मौन अवधिको पुर्ण परिपालना गर्ने राजनितिक दलले प्रतिवद्धता जनाएका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लामा सञ्चालन भएको आचार सहिता सम्बन्धि र उम्मेदवार, उम्मेदवारका प्रतिनिधिहरुसंग गरिएको छलफलमा राजनितिक दलले मौन अवधिको पुर्ण परिपालना गर्ने प्रतिवद्धता जनाएका हुन् ।

निर्वाचन आउन अव जम्मा तीन दिन मात्रै बाँकी रहँदै गर्दा निर्वाचन आयोगले आज अर्थात सोमबार रातिको १२ वजेदेखि मौन अवधि सुरु गर्दै छ । आज रातिको १२ वजेदेखि कुनै पनि राजनितिक दलले आचारसहिंता विपरित काम गर्न नमिल्ने र प्रत्येक उम्मेदवार, उम्मेदवारका प्रतिनिधि लगायत राजनितिक दलका नेता तथा कार्यकर्ताहरूले मौन अवधि विपरित कार्य गर्न नहुने जनाएको छ ।

उक्त अवधिभर नियम विपरित गतिविधि गरेको खण्डमा निर्वाचन आयोगले उलंघन कर्तालाई कार्वाही गर्ने भएको छ । बैठकमा बोल्दै नेकपा एमालेका जिल्ला सचिव तिर्थराज बोहराले मौन अवधिको समय भरि आफ्नो पार्टीले नियम वपरित कार्य नगर्ने प्रतिवद्धता जनाउनुभयो । यसका लागि आजैबाट पार्टीका उम्मेदवार, प्रतिनिधि र नेता तथा कार्यकर्तालाई समेत पुर्व जानकारी गराई आ आफ्नो स्थानमा बस्न र मौन अवधिको पर्ण परिपालना गर्न आग्रह गर्ने जानकारी गराउनुभयो ।

त्यस्तै यो समय देशको परिवेश हेर्दा देशले हार्ने र व्यक्तिले जित्ने भएकोले हुम्लामा सबै पार्टीले सम्मेमित हुनु पर्ने भएको राप्रपाका जिल्ला अध्यक्ष विकास महतले बताउनुभयो । अध्यक्ष महतले यसमा सबै राजनिति दलले आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सरोकारवाला निकायदेखि अन्य मतदाता र उम्मेदवारको कर्तव्य, जिम्मेवार र महत्वपुर्ण भूमिका रहने भएकोले यसका लागि सबै लाग्नु पर्ने प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले आग्रह गर्नुभयो ।

उहाँले २०८२ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा धेरै जसो कुरा फर्जि मत र वारेसनामा गर्ने जानकारी आएकोले यो नियम विपरितको कार्य हो । यो कार्य गर्न नपाइने जानकारी दिनुभयो । प्रजिअ रेग्मीका अनुसार दफा ५२ मा उल्लेख गरिएको अनुसार मतदान केन्द्रमा अशक्तहरू र अपङ्गता भएका व्यक्ति बाहेक अन्य व्यक्तिहरूले त्यसरी वारेसनामा गर्न नमिल्ने भएको छ ।

बैठकका अध्यक्ष एबम मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालका अनुसार यो निर्वाचनमा यस अघि सतभाव पुर्ण मनोनयन दर्ता भए जस्तै मतदान पनि सद्भाव पुर्ण हुने बताउनुभयो । मुख्य निर्वाचन अधिकृत बरालले मौन अवधिको सबैले परिपालना गर्न अनुरोध गर्नुभयो । उक्त चुनावमा मतदान प्रतिनिध वा उम्मेदवारका एजेन्डले मतदान अधिकृत संग भेरिफाई गरेर जानकारी गराए मात्रै तोकिएका व्यक्तिहरूको वारेस गर्न मिल्ने बताइएको छ ।

मतदान केन्द्रमा जो सुकैले अर्काको मताधिकारलाई कुन्ठित गर्न नदिनका लागि सबैको भुमिका रहने भएकोले सबैलाई पुर्व जानकारी गरिएको बताइएको छ । आजबाट सन्चारकर्मीहरुले पनि आचारसहिंता विपरित पार्टीका सुचना, विज्ञापन, समाचार बजाउन नमिन्ने भएको बताइएको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला