निर्वाचन पर्यवेक्षणका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोलि हुम्लामा

Logo
नन्द सिंह मंगलबार, फाल्गुण १९, २०८२

हुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२, अनुगमनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोलि हुम्लामा आइ पुगेको छ । निर्वाचन पर्यवेक्षण तथा अनुगमनका लागि काठमाण्डौँदेखि हुम्ला जिल्ला आएपछि आज मंगलबार उक्त टोलिले जिल्लाका विभिन्न संघसंस्थाबाट खटिएका पर्यवेक्षक र पत्रकारहरूसंग छलफल गरिएको हो ।
राष्ट्रिय मानवअधिकार आयोगका मानव अधिकार अधिकृत द्धय योसोदा बन्जाडे र सुप्रिया गुप्ता हुम्लामा पुगे लगतै जिल्लाको बस्तुस्थिती बुझ्नु भएको छ । जिल्ला बाहिरबाट फागुन १७ गते हुम्ला पुगेसंगै निरन्तर रुपमा जिल्लाको निर्वाचन परिस्थिती बुझेपछि आज फागुन १९ गते सो टोलिले जिल्लाका पर्यवेक्षकहरूसंग समिक्षा मार्फत छलफल गरिएको हो ।

निर्वाचन आयोगले विभिन्न संघसंस्थाहरूलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएसंगै हुम्लामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नियोग, मानवअधिकार हुरोन, गैसस महासंघ र इओसि नामक संस्थाहरूले पर्यवेक्षण गर्ने अनुमति पाएका हुन् । सोही अनुसार जिल्लामा राष्ट्र्यि मानव अधिकार आयोगले जिल्लाका पर्यवेक्षणहरूसंग निर्वाचन अघि, निर्वाचनको दिन र निर्वाचन पछि हुने गतिविधिका विषयमा छलफल गरिएको थियो । विगतको निर्वाचन हेर्दा अधिकांस मतदान केन्द्रमा स्वतन्त्र रुपमा मतदान गर्न नपाएको, विभिन्न पार्टीहरूले बालबालिका प्रयोग गरेको, सरकारी सवारी साधन प्रयोग गरेको र प्रत्येक मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्र्न नपाएको विषयमा समिक्षा गरिएको थियो ।

विगतका गतिविधिलाई मध्य नजर गर्दै यो निर्वाचनमा पनि कुनै अप्रिय घटना नहोला भन्न नसकिएला तर पनि यो पटकको निर्वाचन शुसम्मपन्न गराउनमा राज्य र गरै राज्य पक्ष सबैको अहम भूमिका रहेको छलफलमा उठेको विषय हो । जिल्लाका हरेक मतदान केन्द्रमा पर्यवेक्षण गर्ने क्रममा पर्यवेक्षकहरूलाई सहज रुपमा पर्यवेक्षण गर्न नदिएको, भौगोलिक विकट्ताका आधारमा हुम्लामा पर्यवेक्षण गर्न असहज भएको लगायतका विषयमा आयोगका अधिकृतहरूसंग पर्यवेक्षकहरूले गुनासो दर्शाएका थिए ।

त्यस्तै जिल्लामा निर्वाचन हुँदा यहाँका दलित, महिला अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको मतपत्र खोसेर एकाधिकार भन्दा बाहिरका व्यक्तिहरूले मतदान गरेपछि सर्वसाधारणहरू आफ्नो मताधिकारबाट बञ्चित हुनु परेको यहाँको प्रविधि हो । मंगलबार दिउसो २ वजे सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको एलिस होटेलमा मानवअधिकार आयोगको टोलि, पर्यवेक्षक र पत्रकारहरूको सहभागिता रहेको थियो । उक्त टोलिले निर्वाचन अवधिभर भएका गतिविधि र पर्यवेक्षकहरूको समेत अनुगमन गर्ने भएको राष्ट्रिय मानवअधिकार अधिकृत योसोदा बन्जाडेले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला