हुम्लामा साँझ ७ः४५ वजेबाट मतगणना सुरू हुने

Logo
Karnali Serophero शुक्रबार, फाल्गुण २२, २०८२

हुम्ला । जिल्लाका ६५ वटै मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आई पुगेको भए पनि मतगणना अघि बस्नु पर्ने सर्वदलीय बैठक केही ढिलाई गरी बसेको छ । जिल्लाका केही उम्मेदवार आइ पुग्न ढिलाई भएको भन्दै मुख्य निर्वाचन कार्यालय हुम्लाले अहिले ढिला गरि सर्वदलिय सर्वपक्षिय बैठक बसेको हो ।
सर्वदलीय बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको भए पनि अपरान्ह ३ वजे बैठक बसेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताउनुभयो ।

उहाँका अनुसार बैठकले आज शुक्रबार (फागनु २२ गते) बेलुका (साँझ) ७ बजेर ४५ मिनेट जाँदा मतगण्ना गर्ने सहमति गरिएको छ । मतगणनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पुर्ण तयारी कार्य पुरा गरि सकेको मुख्य निर्वाचन अधिकृत बरालको भनाई छ ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला