हुम्ला । हुम्लामा नेपाली कांग्रेसका जयपती रोकाया निर्वाचित हुनु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, कांग्रेसका रोकायाले ८ हजार ७ सय ९६ मत प्राप्त गरेर विजयी हुनु भएको हो ।
भने नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रतिष्प्रधि डाक्टर दिपेन्द्र रोकायाले ७ हजार २ सय ४३ मत प्राप्त गर्नु भएको छ । जयपती रोकायाले डाक्टर रोकायालाई १ हजार ५ सय ५४ मतले पछि पार्दै विजयी हुनु भएको हाे ।
त्यस्तै नेकपा एमालेका दल फडेराले ४ हजार ३ सय ३१, रास्वपाका टासी ल्हाजोमले १ हजार ६४, प्रलोपाका जटिल कार्कीले २ सय ४८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कुम्भ बुढाले १ सय २८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले १ सय २४ मत प्राप्त गर्नु भएको छ । हुम्लाका ६४ मतदान केन्द्रबाट २२ हजार ४ सय ६७ मत खसेको थियो ।
