हुम्लामै विरुवा उत्पादनपछि कृषकलाई सहज

Logo
नन्द सिंह सोमबार, फाल्गुण २५, २०८२

हुम्ला । जिल्ला कृषि विकास कार्यालय हुम्लाले स्याउ र ओखरका विरुवा वितरण गरेको छ । यस अघि जिल्लाका कृषकहरूसंग सम्झौता भए अनुसार केही दिन यता जिल्ला कृषि विकास कार्यालय हुम्लाबाट स्याउ तथा ओखरका बोटाहरू वितरण गर्दैै आएको कृषि विकास कार्यालय हुम्लाका प्रमुख चुडामणी पन्तले जानकारी दिनुभयो । विगतका वर्षहरूमा जिल्ला बाहिरबाट खरिद गर्दै हुम्लामा आइ पुग्ने गरेको भए पनि पछिल्लो केही समयदेखि यता हुम्लाकै विभिन्न कृषि फर्महरूबाट खरिद गरि जिल्लाकै कृषकहरूलाई सहुलियत दरमा विक्रि गर्ने गरेको प्रमुख पन्तले बताउनुभयो ।

कार्यालय प्रमुख पन्तका अनुसार आर्थिक वर्ष २०८२।०८३ का लागि कृषि विकास कार्यालय हुम्लाले ७ हजार ओखरका बोटा र ६ हजार स्याउका बोटाहरू खरिद गरि कृषकहरूलाई अनुदान रकममा विक्रि वितरण गरिएको हो । स्याउ तथा ओखर विकास कार्यक्रम र स्याउ तथा ओखर बगैचा स्थापना तथा विकास कार्यक्रम अन्तरगत कृषि विकास कार्यालय हुम्लाले १० लाख रुपियाँ बराबरको विनियोजित बजेट मार्फत हुम्लाका ६० वटा कृषि फर्महरूसंग गत माघ महिनामा सम्झौता भएको थियो ।

उक्त सम्झौता अनुसार यतिवेला चंखेलीमा रहेको बागमानी विकास केन्द्र धार्मा देउलिबाट ५ सय ५० स्याउ र ३ सय ५० ओखरका विरुवाहरू खरिद गरिएको थियो । भने अन्य बाँकी बोटाहरू सर्केगाड, खार्पुनाथ र नाम्खा गाउँपालिका स्थित कृषकहरूसंग खरिद गरिएको थियो । बोटाहरू खरिद पछि जिल्ला कृषि विकास कार्यास्लय हुम्लाले विभिन्न गाउँपालिकामा रहेका कृषि शाखाहरूसंग समन्वय गरेर वितरण कार्य सञ्चालन गरिएको थियो ।

जिल्लाको ताँजाकोट, अदानचुली, चंखेली र सर्केगाड गाउँपालिकालाई केही समय अगाडी पालिकाकै समन्वयमा विक्रि वितरण गरिएको भए पनि माथिल्लो क्षेत्रका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका कृषकहरूलाई भने यतिवेला दैनिक दिन विरुवा लिन आउनेको घुइचो लाग्न थालेको छ । प्रति फर्मलाई ५ सय ओखर र १ हजार स्याउका बोटाहरू दिने गरेको प्रमुख पन्तको भनाई छ । प्रति बोटा स्याउको १ सय ३० र ओखरको ५ सय ५० रुपियाँमा विक्रि गर्ने गरेको कृषि विकास कार्यालय हुम्लाको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला