कर्णालीलाई नबुझी व्यंग्य नगर्नुहोस्

कर्णालीवासी भेडा होइनन्, काम हेरेर भोट दिने नागरिक हुन्
Logo
लक्ष्मी बुढा(लिजा ) मंगलबार, फाल्गुण २६, २०८२

म कुनै पार्टीसँग आबद्ध पत्रकार होइन म स्वतन्त्र पत्रकार हुँ । यहाँ कर्णालीको विषय उठाउनुपर्ने भएकाले बोलेकी हुँ । पछिल्लो समय सामाजिक सञ्जालमा केही व्यक्तिहरूले कर्णालीवासीलाई ‘भेडा’ भनेर वा यहाँ इन्टरनेट नै छैन जस्तो गरी व्यंग्य गरिरहेका छन् जुन मेरो लागि अत्यन्त दुःखद र अस्वीकार्य कुरा हो ।

कर्णालीका मानिसहरू कुनै पार्टीको अन्ध समर्थन गर्ने खालका छैनन् । यहाँका नागरिकहरूले पार्टी होइन उम्मेदवारको काम र क्षमता हेरेर मतदान गर्ने परम्परा छ र भोलिको दिनमा यही रहन्छ पनि । अरूले जे गर्छन् त्यही अन्धाधुन्ध पछ्याउने संस्कार कर्णालीवासीमा छैन । अहिले नयाँ पार्टी आएको भन्दै ‘घण्टी–घण्टी’ भन्दै हिँड्नेहरू पनि देखिन्छन् तर कर्णालीका नागरिकहरू यस्ता नाराभन्दा कामलाई बढी महत्व दिन्छन् ।

कर्णालीमा आएको परिवर्तन पुराना दलहरूको योगदानबाट सम्भव भएको हो भन्ने कुरा स्वीकार गर्नुपर्छ । कर्णालीमा अवश्य पनि अझ धेरै परिवर्तन आवश्यक छ । नयाँ सोच र सुधारको आवश्यकता छ । तर पुराना पार्टीहरूले केही पनि काम गरेनन् भन्ने ढंगले सबैलाई नकार्नु उचित हुँदैन ।

कर्णालीबारे नबुझी सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरूलाई मेरो आग्रह छ । एक पटक कर्णाली घुम्न आउनुहोस् । यहाँका मानिस, यहाँको जीवनशैली, विकासका प्रयास र यहाँको वास्तविकता नजिकबाट हेर्नुहोस् । तब मात्र तपाईंलाई थाहा हुनेछ कि कर्णालीमा इन्टरनेट छ कि छैन र कर्णाली कति परिवर्तनको यात्रामा अघि बढिरहेको छ ।

– कर्णालीकी छोरी, लक्ष्मी बुढा (क्षेत्री)

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला