ट्राफिक प्रहरीद्धारा सात महिनाको अवधिमा १ लाख ६८ हजार राजस्व संकलन

Logo
नन्द सिंह बिहिबार, फाल्गुण २८, २०८२

हुम्ला । ट्राफिक प्रहरी हुम्लाले सात महिनाको अवधिमा १ लाख ६८ हजार राजस्व संकलन गरेको छ । उक्त राजस्व गत साउनदेखि हालसम्म संकलन गरेको प्रहरी सहायक निरिक्षक केसव सिंह धामीले बताउनुभयो । विहिबार ट्राफिक प्रहरी हुम्लाले ट्राफिक नियम सबन्धि नागरिक सुनुवाइ कार्यक्रम संचालन गर्ने क्रममा यो कुरा जानकारी भएको हो ।

जिल्लामा स्थापित पत्रकार र विशेष गरी सवारी चालकहरुको उपस्थितमा सोही कार्यालयले चालु आर्थिक वर्षको साउन देखि माघ महिनासम्म विभिन्न शिर्षकबाट उठाएको राजस्व रकमको बारेमा जानकारी गराएको थियो । सोही कार्यालयले ट्याक्टर, बुलेरो जिप कार, ट्रक, मोटरसाइकल चालकहरुले ट्राफिक नियम विपरित कार्य गरेबापत कार्वाही गरी उक्त रकम राजस्व असुली गरेको सोही प्रहरी सहायक निरिक्षक धामीले बताउनुभयो ।

चालु आर्थिक वर्षको साउनमा ९ हजार ५ सय, भदौमा १४ हजार, असोजमा ९ हजार ५ सय, कार्तिकमा ८ हजार ५ सय, मंसिरमा ३० हजार, पुषमा ४० हजार र माघ महिनामा ५६ हजार ५ सय गरी जम्मा १ लाख ६८ हजार राजस्व संकलन गरेको धामीले जानकारी दिनुभयो ।

सवारी चालक र पत्रकारहरूको उपस्थित रहेको उक्त कार्यक्रममा ट्राफिक प्रहरी इन्चार्ज धामीले ट्राफिक नियम भन्नाले सडकमा सवारी साधन र पैदलयात्रीहरूको सुरक्षित, व्यवस्थित र अनुशासित आवागमन सुनिश्चित गर्न सरकारद्वारा बनाइएका कानुन, संकेत र निर्देशिकाहरूलाई निर्देशित गर्ने जानकारी गराउनुभयो । यसले दुर्घटना कम गर्न, ट्राफिक जाम व्यवस्थापन गर्न र सडक सभ्यता कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने गरेको धामीको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला