बालिका बलात्कारपछि हत्या गरेको आरोपमा महिलाद्धारा प्रदर्शन

Logo
Karnali Serophero आइतबार, चैत्र ०१, २०८२

हुम्ला । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि आइतबार हुम्लाका महिलाले सदरमुकाम सिमकोटको जिल्ला प्रशासन कार्यालय हुम्लामा ज्ञापनपत्र पेश गरेका छन् । जिल्लामा लामो समयदेखि महिला हिंसा र पिडितका पक्षमा आवाज उठान गर्दै आएको नेपाल अष्ट्रिया साझेदारी संस्थाको नेतृत्वमा सिमकोट बजारमा विरोध प्रदर्शन गर्दै बजारपरिक्रमा गर्दै सडकमा उत्रिनुका साथै जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत नेपाल सरकारको ध्यानार्कषण गराएको हो ।

प्रदर्शनमा सहभागीहरूले ‘ईनिशालाई न्याय देऊ, ढिलाइ अब सहिन्न, सत्य–तथ्य छानबिन गर, दोषीलाई कारबाही गर, हत्यारालाई कडा कारबाही गर, महिलामाथि हुने सबै खाले हिंसा बन्द गर, शान्ति–सुरक्षा सुनिश्चित गर, बलात्कारीलाई कडा सजाय देऊ, महिलाको सम्मान गर, सुरक्षित समाज निर्माण गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर बजारभरि नारा लगाइएको थियो ।

गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसा विक फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएको आरोप पछि कर्णाली प्रदेश भरि नै विरोध कार्यक्रम सञ्चालन गरिदै आएको छ । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । घटनामा संलग्न चार जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका रहेको पाइएको छ ।

सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो भने थप अनुसन्धानका लागि फागुन २४ गते अन्य तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय हुम्लामा पुगेका महिलाहरूबाट उक्त ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले उक्त पत्रलाई तत्काल गृहमन्त्रालयमा पठाउने जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला