नव निर्वाचित प्रतिनिधिसभा सदस्य रोकायालाई बधाइ तथा सम्मान

Logo
नन्द सिंह आइतबार, चैत्र ०१, २०८२

हुम्ला । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको भन्दै जयपति रोकायालाई बधाइ तथा सम्मान गरिएको छ । आइतबार विहान उद्योग बाणिज्य संघ हुम्लाको आयोजनामा नव निर्वाचित रोकायालाई बधाइ तथा स्वागत कार्यक्रम राखिएको थियो । नेपाली कांग्रेस हुम्लाका उम्मेदवार नव निर्वाचित प्रतिनिधिसभा सदस्य रोकायालाई आज विहान एक कार्यक्रमका विच बधाइ ज्ञापन गरिएको हो ।

रोकायाले हिमाली जिल्ला हुम्लाबाट संघिय सरकारमा प्रतिनिधित्व गरेको भन्दै उक्त बाणिज्य संघ हुम्लाले बधाइ तथा सम्मान कार्यक्रम राखेको उधोग बाणिज्य संघ हुम्लाका उपाध्यक्ष छक्क रोकायाले बताउनुभयो । बधाइ तथा सम्मान कार्यक्रममा नवनिर्वाचित रोकायाले सम्मान पत्र ग्रहण गर्दै ‎आफुलाई सम्मान गरेकोमा धन्यवाद दिदै सिमकोटको बजार व्यवस्थापन, खानेपानी, टाउन पलानिङ, असजिलो ठाउँमा रहेका बस्ति विस्तार लगायतका विषयलाई उठान गर्ने र सो कार्यक्रम प्रभावकारि बनाउने बताउनुभयो । उहाँले आफु नेपाली कांग्रेसको कार्यकर्ता मात्रै नभई म हुम्लाको विकासका लागि कटिबद्व भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

त्यस्तै ‎संस्थागत पुर्वधार विकासमा योगदान पुराएको भन्दै नेपाली कांग्रेस संसदीय दलका नेता एबम पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै नेता शाहीले हुम्लाको ‎आर्थिक समृद्धिका लागि उधोग बाणिज्य संघ लाग्नु पर्ने बताउनुभयो । हुम्ली नागरिकले आफू उधोमि बन्नका लागि विभिन्न उधोगहरूको संरचना निर्माण गर्नु पर्ने बताउनुभयो ।

उहाँले थप्नुभयो रोजगारी शृजना गर्न राज्यले मात्रै पर्यास गरेर हुँदैन सर्वसाधारण नागरिकले पहिले आफुबाट सुरुवात गर्नु पर्ने छ । देशमा खुला अर्थतन्त्र नहुदासम्म रोजगारिको पहुँच नहुने पुर्व मुख्यमन्त्री शाहीको भनाई रहेको छ । जिल्लामा बजारिकरणका लागि चुलि, खामु, ओखरको तले उत्पादन गर्न प्रशोधन केन्द्र बनाएमा हुम्लामै आर्थिक आम्दानीको मुख्य स्रोत बन्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेश जलस्रोत तथा उर्जा मन्त्री विजय बुढाले ‎जिल्लामा जहिले पनि खानेपानीको समस्या हुने भएकोले यसको समयमै पहल गरि यहाँका नागरिकलाई सहज बनाउने तर्फ लाग्ने जानकारी दिनुभयो । कार्यक्रम उद्योग बाणिज्य संघ हुम्लाका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षता तथा पुर्व मुख्य मन्त्री जीवन बहादुर शाहीको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला