सात महिनादेखि विषय शिक्षक नहुँदा पठनपाठन प्रभावित

Logo
नन्द सिंह बुधबार, चैत्र ११, २०८२

हुम्ला । सर्केगाड गाउँपालिका–१ जैरगाउँ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरू गत भदौ महिनादेखि पठनपाठनबाट प्रभावित भएका छन् । करिब सात महिनादेखि विद्यालयमा गणित र विज्ञान विषयको शिक्षक पदपुर्ति नहुँदा सोही विद्यालय कक्षा ९ र १० का विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको हो ।

गणित र विज्ञान शिक्षक नभएपछि कक्षा ९ र १० का विद्यार्थीको पठनपाठन कार्य गत भदौबाटै रोकिएको विद्यार्थीहरुले गुनासो गरेका छन् । विद्यार्थीहरुका अनुसार सात महिनादेखि पठनपाठन नभएकाले अब आउने एसईईमा समेत पास हुन नसक्ने अवस्था छ । कक्षा ९ मा २९ जना र १० मा १५ जना विद्यार्थी छन् । शिक्षक भर्ना गर्न नसकिएपछि यस पटकको एसइई परीक्षामा विद्यालयबाट सहभागिता जनाउने विद्यार्थीलाई निकै समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास रावतले बताउनुभयो । नयाँ शैक्षिक सत्र सुरु भएर पढाइ पनि सञ्चालन भएको करिब एक महिना पुरा भइसकेको छ ।

शिक्षक भर्नाका लागि यो समस्या देखिएपछि वडाले अतिरिक्त भत्ताको व्यवस्था गर्न सकिने जनाएको भए पनि शिक्षक भर्ना गर्न नसकिएकोमा उहाँले दुःख व्यक्त गर्नु भएको छ । शिक्षक भर्नाका लागि आठौँ पटक सुचना प्रकाशन गर्दा पनि शिक्षक पदपुर्ति हुन नसकेका र विद्यार्थीको पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक जयबहादुर बमले बताउनु भयो ।

विज्ञान र गणित विषय पठनपाठनका लागि माध्यमिक तहको शिक्षक भर्नाको सूचना प्रकाशन गर्दा पनि कसैको आवेदन नपरेको उहाँको भनाइ छ ।

शिक्षक भर्नाका लागि सूचना निकाल्ने र त्यसका लागि उक्त विषय शिक्षकको खोजीमा लाग्दा पनि कुनै व्यक्ति आउनै नमान्ने गरेको बताउँदै उहाँले शिक्षक भर्नाका लागि पुनः चैत ३ गते नबौं पटक सूचना प्रकाशन गरिएको बताउनु भयो । तर, हालसम्म कोही पनि सम्पर्कमा आएका छैनन् ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला