कोमेनको नेपालस्थित वितरकमा डब्लुआरजी मेडिटेक नियुक्त

Logo
Karnali Serophero शुक्रबार, चैत्र १३, २०८२

काठमाडौं । चिनियाँ मेडिकल उपकरण निर्माता कम्पनी शेन्जेन कोमेन मेडिकल इन्स्टुमेन्ट्स कम्पनी लिमिटेड (कोमेन) का अध्यक्ष यी योङ नेतृत्वमा आएको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्दै डब्लुआरजी मेडिटेक सोलुसन्स् प्रालिलाई नेपालका लागि आफ्नो आधिकारिक वितरक तथा रणनीतिक साझेदारका रूपमा नियुक्त गरेको छ।

चीनको अग्रणी मेडिकल उपकरण कम्पनीहरूमध्येको कोमेनले १५० भन्दा बढी देशका हजारौँ अस्पतालमा उपकरण जडान गरिसकेको छ । यस सहकार्यले नेपालमा उन्नत स्वास्थ्य प्रविधिको पहुँच विस्तार गर्ने कम्पनीको अपेक्षा छ । नयाँ संरचनाअनुसार डब्लुआरजी मेडिटेक सोलुसन्स्ले सब–डिस्ट्रीब्युटर तथा च्यानल पार्टनरहरूसँग समन्वय गर्दै बजार विस्तार, वितरण व्यवस्थापन, प्राविधिक सहयोग तथा बिक्रीपछिको सेवा सञ्चालन गर्नेछ ।

नेपाल भ्रमणका क्रममा कम्पनीका अध्यक्ष यी योङले नेपालप्रतिको कम्पनीको प्रतिबद्धता केवल उपकरण आपूर्तिमा सीमित नरहेर शिक्षा, तालिम र प्राविधिक सहकार्यमार्फत दीर्घकालीन क्लिनिकल साझेदारी निर्माणमा केन्द्रित रहने बताए । उनका अनुसार डब्लुआरजी मेडिटेक सोलुसन्स्सँगको सहकार्यले नेपालमा दीर्घकालीन वृद्धि र नवप्रवर्तनका लागि आधार तयार गर्ने उनको भनाइ छ । चिकित्सा प्रविधिमा नवप्रवर्तन, गुणस्तर र विश्वसनीयता क्षेत्र सचेत कम्पनीले अनुसन्धान तथा विकासमा उल्लेखनीय लगानी गरी  अत्याधुनिक, प्रभावकारी र भरपर्दो स्वास्थ्य समाधान विकास गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार भ्रमणले नेपालको द्रुत रूपमा विस्तार भइरहेको स्वास्थ्य क्षेत्रमा कम्पनीको दीर्घकालीन प्रतिबद्धतालाई थप मजबुत बनाएकोे छ।

त्यस्तै प्रतिनिधिमण्डलले काठमाडौंका विभिन्न प्रमुख अस्पतालहरूको भ्रमण गर्दै अस्पताल व्यवस्थापन, चिकित्सक तथा क्लिनिकल विशेषज्ञहरूसँग अन्तरक्रिया गरेको थियो । यस क्रममा बिरामी निगरानी प्रणाली, आईसीयू समाधान, क्रिटिकल केयर तथा नवजात शिशु स्याहारसम्बन्धी अत्याधुनिक उपकरणहरूको प्रस्तुति गरिएको थियो । विशेषज्ञहरूका अनुसार नेपालमा विशेष गरी क्रिटिकल केयर र आमा–शिशु स्वास्थ्य क्षेत्रमा लगानी बढ्दै गएको छ, जसले उन्नत तथा लागत–प्रभावकारी प्रविधिको माग उच्च बनाएको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला