क्षयरोग दिवसका अवसरमा नर्भिकले ल्यायो विशेष छुटसहितको प्याकेज

Logo
Karnali Serophero शुक्रबार, चैत्र १३, २०८२
काठमाडौं– थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले विश्व क्षयरोग दिवसका अवसरमा श्वासप्रश्वाससम्बन्धी समस्याको स्वास्थ्य परीक्षणमा छुटसहितको प्याकेज ल्याएको छ ।
विश्व क्षयरोग दिवसका अवसरमा अस्पतालले २४ मार्चदेखि ३० मार्चसम्म एक साताका लागि ३० प्रतिशत छुटसहितको  प्याकेज सञ्चालनमा ल्याएको हो ।
जसअन्तर्गत विशेषज्ञ चिकित्सकको परामर्शसहित १५ प्रकारका परीक्षणहरु छन् । नर्भिकले ३० प्रतिशत छुटसहित १० हजार ५ सय ७५ रुपैयाँको प्याकेज ल्याएको हो ।
उक्त प्याकेजमा चिकित्सकको परामर्शसँगै सीबीसी, एसजीओटी, एसजीपीटी, क्रिएटिनिन, युरिन रुटिन टेस्ट, छातीको एक्स–रे, इसीजी, इको जाँच, पेट र पेल्भिसको अल्ट्रासाउन्ड, टीएसएच, युरिक एसिड, सुगर, लिपिड प्रोफाइल र पीएफटी परीक्षण तथा जाँचहरु समावेश छन् ।
सेवा लिनका लागि अस्पतालको फोन नम्बर ०१–५९७००३२ र ९८०२१७००३२ नम्बरमा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ । अस्पतालले विभिन्न अवसरमा आफ्ना स्वास्थ्य जाँच तथा परीक्षण सेवामा छुटसहितको प्याकेज सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला