हुम्ला । पुर्व प्रधानमन्त्री एबम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक संघर्ष गर्ने सचिवालय बैठकको निर्णयसँगै कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् । देशै भर दिउँसो ३ बजेदेखि एमालेको विभिन्न जनसंगठनमा आबद्ध कार्यकर्ताहरुले प्रदर्शन जारी राखेको भए पनि हुम्लामा भने अपरान्ह ४ वजेबाट सुरु गरेको छ ।
नेकपा एमाले उपाध्याक्ष प्रकासबहादुर शाहीको नेतृत्वमा जिल्ला कमिटिका पदाधिकारी, प्रदेश कमिटि सदस्यहरू, पार्टिका विभिन्न जनवर्गिाय संगठनमा आवद्ध कार्यकर्ताहरू एमालेका केन्द्रिय अध्यक्ष ओली रिहाईको माग गर्दै शनिबार सडकमा उत्रिएको हो । हुम्लामा शान्तीपुर्ण आन्दोलन गर्दै अध्यक्ष ओलीमो रिहा गर्न माग गरिएको जिल्ला कमिटि उपाध्यक्ष प्रकास बहादुर शाहीले बताउनुभयो ।
आन्दोलनमा बिभिन्न नारा लगाउँदै सदरमुकाम सिमकोटको लोकतन्त्र चोक हुँदै काठे चुलीमा कोणसभामा परिणत भएको थियो । नेकपा एमाले जिन्दाबाद, जन्ताको बहुदलिय जनबाद जिन्दाबाद, लुसिफरको पाराले दुख पाए साराले, नलायक गृहमन्त्री राजिनामा दे, नलायक सरकार मुर्दाबाद, राजनैतिक प्रतिसोद बन्दगर, गैर कानुनी गिरफ्तारी फिर्ता गर, कार्की आयोगको प्रतिवेदन खारेज गर, बैदेशिक हस्ताक्षेप बन्द गर, भदौ २४ का विध्वांशकारीलाई कार्वाही गर लगायतका नारा लगाउँदै विरोध पर्दशन गरिएको थियो ।
विरोध पर्दशनमा नेकपा एमाले प्रदेश कमिटि सदस्य डवल रावत, नवराज महतारा, जसु परिायार, जिल्ला कमिटि उपाध्याक्ष प्रकाशबहादुर शाही, उपसचिव प्रदिप लामा लगायतका अन्य कार्यकर्ताहरूको उपस्थित रहेको थियो ।
