नर्सिङ स्टाफ अभावमा होम डेलीभरि गराउन बाध्य

Logo
नन्द सिंह आइतबार, चैत्र १५, २०८२

हुम्ला । सामुदायीक स्वास्थ्य इकाई खोल्सीमा नर्सिङ स्टाफ अभावका कारण होम डेलिभरि गराउन बाध्य भएका छन् । गत पुस १५ गतेदेखि नर्सिङ स्टाफ नभएपछि खोल्सीका गर्भवती महलिाहरूले घरमै सुत्केरी हुनु पर्ने बाध्यता भएको हो । सामुदायीक स्वास्थ्य इकाई खोल्सीमा कार्यरत अनमी सपना बुढा गत पुस महिनामै जागिर नै छोडेर गएपछि हाल बर्थिङ सेन्टरमा सुत्केरी गराउन ल्याउने सेवाग्राहीले सास्ती खेप्नु परेको स्थानीयले गुनासो गरेका छन् ।

स्थानीयका अनुसार बर्थिङ सेन्टरमा नर्सिङ स्टाफ नभएकै कारण खोल्सीका सुत्केरी महिलाहरूले दुख भोग्नु पर्ने बाध्यता कायमै छ । बर्थिङ सेन्टरमा नर्सिङ स्टाफ नभएकाले चैत १५ गते आइतबार विहान सुत्केरी वेथा लागेर स्वास्थ्य संस्थामा पुगेकी जानु शाही अन्तमा घरमै फर्केर सुत्केरी हुनु परेको उहाँका श्रीमान हाँसबहादुर शाहीले गुनासो गर्नुभयो ।

होम डेलिभरी हुँदा ज्यान जोखिम रहेकोले आफुले स्वास्थ्य संस्थामा लगियो । तर स्वास्थ्य संस्थामा अनमी नभेटिएपछि घरमै ल्यार सुत्केरी गराउनु परेको स्थानीय शाहीले बताउनुभयो । त्यस्तै सोही दिन सुत्केरी हुने समय नपुगेको भए पनि सुत्केरी वेथा लागेकी अर्की गर्भवती भाइवोला सिंहको पनि उस्तै गुनासो छ । श्रीमान वृष सिंहले श्रीमतिलाई स्वास्थ्य संस्थामा पुगाए पनि अनमी नभएकै काराण घर फर्कनु परेको गुनासो गर्नुभयो । जसले गर्दा यहाँका स्थानीय नागरिकले ज्यान जोखिम मोल्नु पर्ने गुनासो सिंहले गर्नुभयो ।

गत पुसदेखि अनमी बुढा जागिर छोडेर गएपछि पटक पटक सिमकोट गाउँपालिकालाई नर्सिङ स्टापको व्यबस्था गरि दिने भन्दै अनुरोध गरे पनि गाउँपालिकाले सुनुवाई नगरेको सोही सामुदायीक स्वास्थ्य इकाई खोल्सीका इन्चार्ज धिरिन शाहीले बताउनुभयो । इन्चार्ज शाहीका अनुासर करीव चार महिना हुनै लाग्दा समेत स्वास्थ्य संस्थामा अनमीको वेवस्था नहुनुमा गाउँपालिकाको चरम लापरवाही हो ।

सो विषयमा सिमकोट गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कमल बुढाका अनुसार धेरै पटक गाउँकार्य पालिकाको बैठकमा समेत अनमीको वेवस्था गरिदिने भन्दै जानकारी गराउँदा पनि गाउँपालिकाले नसुनेर कानमा तेल हालेर बसेको आरोप लगाउनुभयो । स्वास्थ्य जस्तो सम्वेदनशशिल क्षेत्रमा वेवास्था गर्नु गैर जिम्मेवारी कुरा भएको वडा अध्यक्ष बुढाको भनाई छ ।

गत तीन महिनादेखि स्वास्थ्य संस्थामा अनमीको अभाव भएको स्वीकार गर्दै सिमकोट गाउँपालिका स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले आफुले पनि यो विषयमा पहल गरेको बताउनुभयो । उहाँले केही कुरा नमिलेकै कारण ढिला सुस्ती भईकरहेको बताउनुभयो । संयोजक भण्डारीका अनुसार अव छिटै अनमीको वेवस्था गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला