सुर्खेत । आज बैशाख १३ गते वीरेन्द्रनगर नगरपालिका–७ तल्लो कटकुवा क्षेत्रमा आइतबार दिउँसो गरिएको सरप्राइज ट्राफिक चेकिङमा १८ सवारी चालक कारबाहीमा परेका छन्।
दिउँसो १:३० देखि ४:३० बजेसम्म गरिएको चेकिङका क्रममा ला.प.से. गरी सवारी चलाउने १ जना र मा.प.से. गरेका २ जना चालक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। साथै, ट्राफिक नियम उल्लंघन गर्ने अन्य १५ सवारी साधनमाथि पनि कारबाही गरिएको छ। सरप्राइज चेकिङमा १८ सवारी चालक कारबाही
प्रहरीका अनुसार यस्ता चेकिङलाई निरन्तरता दिँदै नियम पालना गर्न चालकहरूलाई आग्रह गरेको छ।

