मोतिबिन्दु शल्यक्रिया शिविरमा ३६६ जना लाभान्वित

Logo
Karnali serophero बुधबार, बैशाख १६, २०८३

हुम्ला । सर्केगाड गाउँपालिका हुम्लाको समन्वय, सेवा फाउन्डेसनको आर्थिक तथा तिलगंगा आँखा अस्पतालको प्राबिधिक सहयोगमा बैशाख १४ र १५ गते सायाँ स्वास्थ्य चाैकी सर्केगाडमा सन्चालन भएको नि:शुल्क आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ ।

तिलगंगा आँखा अस्पतालका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. शुनील थापाकाे नेतृत्वमा उक्त शिविरमा ३१४ सामान्य आँखा जाँच तथा औषधि वितरण गरिएकाे र ५२ जना मोतिबिन्दु (Cataract) र २ जनाकाे आँखामा मासु पलायकाे (PTR exacision) साधारण शल्यक्रिया गरि जम्मा ५४ जनाकाे शल्यक्रिया भएको छ ।

शल्यक्रिया भएका सबै ५४ जनालाई फेरि जाँच गरि परामर्श दिएर घर पठाईएकाे छ । यस शिविरमा उमेरसमुह अनुसार ४९ बर्ष मुनिका ३ जना ५०-५९ बर्षका ४ जना ६०-६९ बर्षका २४ जना ७०-७९ बर्षका १६ जना ८० बर्ष माथिका ७ जनामा महिला २९ जना पुरुष २५ जना गरि जम्मा ५४ जना शल्यक्रिया सेवाबाट लाभान्वित भएकाे सायाँ स्वास्थ्यचाैकीका इन्चार्ज बबर जङ्ग पालले बताउनुभयो ।

साे शिविरमा तिलगंगा अस्पतालबाट डाक्टर  थापा सहित ४ जना र सायाँ स्वास्थ्यचाैकी र स्वास्थ्य शाखाका १५ जना गरि जम्मा १९ जनाकाे टाेलि परिचालन गरिएकाे थियाे । शिविरमा हुम्ला जिल्लाका सर्केगाड र चंखेलि गाउँपालिकाका वृद्ध वृद्धाहरुले पुर्णरुपमा सेवा पाएका छन् ।

आँखा शिविर निरन्तर ४ बर्ष यता सञ्चालन भईरहेकाे र तिलगंगा आँखा प्रतिष्ठानले सहयोग गरिरहेकाले सर्केगाडमै आँखा उपचार र आवश्यक आँखा जाँच गरि चस्मा समेत सायाँ स्वास्थ्य चाैकीमा बनाई सेवा दिई रहेकाे छ । शिविर घर आगनमा संचालन भएकाेले सेवाग्राहीहरु खुशि हुँदै सन्चालनमा सहयाेग समन्वय गर्ने सम्वद्ध सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला