नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा योग्य संस्थागत लगानीकर्तासँग आशयमूल्य माग 

Logo
Karnali Serophero बिहिबार, बैशाख १७, २०८३

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले योग्य संस्थागत लगानीकर्ताहरु समक्ष आशय मूल्य माग गरेको छ । यस कम्पनीले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गर्न लागेको हो । आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने २० लाख ४१ हजार २०० कित्ता शेयर कम्पनीले सर्वसाधारणमा जारी गर्न लागेको हो । कुल कित्ता शेयरको ४० प्रतिशतले हुन आउने ८ लाख १६ हजार ४८० कित्ता शेयर भने कम्पनीले योग्य संस्थागत लगानीकर्तामा विक्री गर्न लागेको हो ।

यो विधिबाट आईपीओ निष्कासन गर्दा आईपीओको मूल्य योग्य संस्थागत लगानीकर्ताबाट निर्धारण हुने हुन्छ । सोही व्यवस्था बमोजिम कम्पनीले योग्य संस्थागत लगानीकर्तामा आशयमूल्य सहितको पत्र माग गरेको हो । कम्पनीले वैशाख ११ गते योग्य संस्थागत लगानीकर्ताहरुलाई भेला गरेर छलफल कार्यक्रम भने सम्पनन गरिसकेको छ । अब यीनै योग्य संस्थागत लगानीकर्ताले पेश गरेको आशय मूल्यको आधारमा कम्पनीको आईपीओ मूल्य निर्धारण हुनेछ ।

वैशाख २१ गते साझ ५ बजेभित्र नेपाल स्टक एक्सचेञ्ज (नेप्सेको सिंहदरवार प्लाजा, काठमाडौंमा रहेको कार्यालयमा शिलबन्दी सहितको आशयपत्र बुझाउन कम्पनीले आग्रह गरेको छ । तोकिएको अवधिभित्र प्राप्त आशयपत्र वैशाख २२ गते साझ ५ बजे नेप्सेको कार्यालयमै खोलिने जानकारी समेत कम्पनीले दिएको छ । हाल कम्पनीको जारी पुँजी १ अर्ब २ करोड रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

योग्य संस्थागत लगानीकर्तामा ४० प्रतिशत  र सर्वसाधारणमा ६० प्रतिशत शेयर जारी हुनेछ । यस आधारमा १२ लाख २४ हजार ७२० कित्ता शेयर दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन हुनेछ । योग्य संस्थागत लगानीकर्ताका लागि निष्कासन हुने शेयरको मूल्य निर्धारण भएपछि त्यसको १० प्रतिशत कम मूल्यमा सर्वसाधारण लगानीकर्तामा आईपीओ निष्कासन हुनेछ ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला