पहिलो पटक किशोरकिशोरी मैत्री सेवा सञ्चालन

Logo
नन्द सिंह बिहिबार, जेठ २८, २०८३

हुम्ला । जिल्ला अस्पताल हुम्लामा किशोरकिशोरी मैत्री सेवा सञ्चालन भएको छ । हुम्लाको एक मात्रै जिल्ला अस्पतालमा बुधबारदेखि किशोरकिशोरी मैत्री बहिरङ्ग सेवा सञ्चालनमा आएको हो । स्वास्थ्य सेवा निर्देशनालयद्धारा जिल्ला अस्पतालमा किशोरकिशोरीहरूको स्वास्थ्य परिक्षण वा चेकजाँच गर्ने प्रतिसत पुगे नपुगेको अनुगमन गर्दा उक्त प्रतिसत पर्याप्त भएका कारण यो कार्यको थालनी भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारीले बताउनुभयो ।

जिल्ला अस्पतालमा सेवा लिन आउने किशोरकिशोरीको संख्या कम्तीमा पनि ८० प्रतिसत हुनु पर्ने हून्छ । तर हुम्लामा त्यो भन्दा बढी ९२ प्रतिसत रहेकोले स्वास्थ्य सेवा निर्देशनालयको आएको अनुगमन टोलिले जिल्ला अस्पतालमा यो कार्यको प्रथामिकता दिएको डाक्टर तिवारीले बताउनुभयो । उहाँका अनुसार हुम्लामा पहिलो पटक किशोरकिशोरी मैत्री सेवा सञ्चालन हुनुमा यहाँका बालबालिकाहरूका लागि निकै उत्तम रहेको छ ।

जिल्ला अस्पतालमा किशोरकिशोरी मैत्री सेवा सञ्चालनको अवस्था, सेवा प्रवाह, गोपनीयताको व्यवस्था, स्वास्थ्यकर्मीको क्षमता, परामर्श सेवा तथा आवश्यक मापदण्डहरूको कार्यान्वयनको अवस्था सन्तोषजनक देखिएपछि स्वास्थ्य सेवा निर्देशनालयको टोलिले किशोरकिशोरी मैत्री सेवा सञ्चालनका लागि छुट्टै बहिरङ्ग सेवा स्थापना गर्न अनुमति दिएको डाक्टर तिवारीको भनाई छ ।

नौ देखि १९ वर्षसम्मका बालबालिकाहरूका लागि यो सेवा सञ्चालन हुने भएको छ । किशोरकिशोरीहरू समग्र स्वास्थ्य परिक्षण गर्ने बहरिङ्ग सेवामा खुलेर बोल्न नसक्ने, अन्य मानिसहरू देखेर लजाउने, बुवा आमाहरूसंग खुलेर बोल्न नसक्ने जस्ता लगायतका समस्याहरू उत्पन्न हुने भएपछि जिल्ला अस्पताल हुम्लाले पहिलो पटक यो सेवा सञ्चालनमा ल्याएको छ ।

किशोरकिशोरीहरूमा मिन्स हुँदा, अस्थायी साधन प्रयोग गर्दा, अनाआवश्यक गर्भपतनबाट बच्न, संम्बेदनशिल गर्भपतबाट बच्न, मानसिक रोग सम्वन्धि जुन सेकै समस्या समाधान गर्न, प्रजनन् स्वास्थ्य सम्बन्धि ज्ञान लिन लगायतका समस्या समाधान गर्नका लागि यसको थालनी भएको हो । जसले गर्दा मातृ मृत्युदर घटाउने, परिवारमा आर्थिक स्तरउन्नतीमा महत्वपुर्ण योगदान पुर्याउने सकारात्मक भूमिका खेलेको हुन्छ ।

उक्त सेवा स्थापन गरेको पहलिो दिन बुधबार र विहिबार मात्रै कम्तीमा पनि दश जना किशोरकिशोरीहरू उक्त सेवाबाट लाभान्वित भईसकेको फोकलपर्शन गिता लामाले बताउनुभयो । विगतका दिनहरूमा यीनै किशोरकिशोरीहरूले विभिन्न समस्या भोग्दै आएको भए पनि अवदेखि यी समस्याहरू भोग्नु नपर्ने फोकलपर्शन लामाको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला