पत्रकार महासंघ हुम्लाद्वारा प्रशासनमा धर्ना

Logo
Karnali serophero शुक्रबार, जेठ २९, २०८३

हुम्ला । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै पत्रकार महासंघ हुम्लाको नेतृत्वमा जिल्लाका सम्पूर्ण पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय हुम्लामा धर्ना दिएका छन् ।
सरकारले सूचना तथा विज्ञापन वितरणमा गरेको विभेदकारी र स्वेच्छाचारी निर्णयको विरोधमा नेपाल पत्रकार महासंघ हुम्ला शाखाले जिल्ला प्रशासन कार्यालय हुम्लाको गेटमा धर्ना दिएको नेपाल पत्रकार महासंघ हुम्लाका सचिव नन्द सिंहले बताउनुभयाे ।

शुक्रबार महासंघ हुम्लाका अध्यक्ष राजन रावतको नेतृत्वमा आयोजित विरोध कार्यक्रममा जिल्लाका पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो। करिब १५ मिनेटसम्म चलेको धर्नाका क्रममा पत्रकारहरको हातमा “प्रेस स्वतन्त्रता जिन्दावाद”, “सूचना र विज्ञापनसम्बन्धी विभेदकारी निर्णय खारेज गर”, “स्वतन्त्र सञ्चारमाथिको हस्तक्षेप बन्द गर” जस्ता नाराहरू लेखिएका  प्यलेकाड समातिएको थियाे ।

प्रदर्शनकारी पत्रकारहरूले राज्यले करदाताको पैसाबाट सञ्चालित विज्ञापनलाई सीमित पहुँच र निकटताका आधारमा वितरण गर्न खोजेको आरोप लगाएका छन् । उनीहरूले यस्तो निर्णयले निष्पक्ष पत्रकारिता कमजोर बनाउने, स्थानीय सञ्चारमाध्यमलाई आर्थिक रूपमा धराशायी बनाउने र प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आक्रमण गर्ने बताएका छन् ।

महासंघले लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यमलाई दबाबमा राख्ने र विभेद गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिएको छ। पत्रकारहरूले सरकारलाई तत्काल निर्णय सच्याउन आग्रह गर्दै अन्यथा देशव्यापी आन्दोलन थप सशक्त बनाइने बताएका छन् ।

विज्ञापनमा विभेद बन्द गर, प्रेस स्वतन्त्रताको सम्मान गर भन्ने सन्देशसहित हुम्लाका पत्रकारहरूले सरकारको निर्णयविरुद्ध स्पष्ट असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला