विव्यस अध्यक्षद्वारा शैक्षिक सामग्री सहयाेग

Logo
Karnali serophero बुधबार, आषाढ ३१, २०८३

हुम्ला । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि रामदेव मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर भन्डारीले शैक्षिक सामग्री वितरण गरेका छन् ।

मंगलबार सिमकाेट गाउँपालिका-२ स्थित रामदेव माविमा अध्ययनरत १ सय ३ जना विद्यार्थीहरूलाई आफ्नाे व्यक्तिगत लगानीमा अध्यक्ष भणडारीले शैक्षिक सामग्री वितरण गरेका हुन् ।

विद्यालयको जगका रुपमा रहेका कक्षा ६ देखि १० कक्षा सम्मका बालबालिकाको शिक्षण सिकाइलाई व्यवहारिक बनाउन विद्यालय व्यवस्थापन समितिका अध्यक्षले उक्त शैक्षिक सामाग्री बितरण गरेका छन् ।

अध्यक्ष भण्डारीले १ सय ३ जना विद्यार्थीलाई प्रति विद्यार्थी ४ वटा कापी सहयोग गर्नु भएकाे छ । कार्यक्रममा बाेल्दै सिमकोट गाउँपालिका वडा नं १ का वडा सदस्य गोर्ख बहादुर भण्डारीले विद्यार्थी विद्यालय सम्म पुग्दा पुरानो झुत्रो स्कुल पोशाक लगाएर आएको देख्दा आफ्नो मन दुखेको अनुभुती भएपछि विद्यार्थीको पोशाखका लागी २ लाख रुपियाँ वडा नं १ काे कार्यालयबाट छुट्याइएको र अवको केहि दिनमा विद्यालयलाई उपलब्ध गराउने समेत जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक मेचबहादुर बुढाले विद्यालयमा ५ वटा भवनमा १० वटा कक्षा कोठा भएको भए पनि ति कोठाहरु जिण, पानी चुहिने अवस्थामा रहेको बताए । उनले हाल विद्यार्थीलाई जेनतेन शिक्षकहरुले अध्यापन गराइ रहेको जानकारी गराए ।

सिमकोट गाउँपालिकामा संचालित माध्यामिक विद्यालयहरु मध्य रामदेव माध्यामिक विद्यालय हरेक तवरबाट कम्जोर अवस्थामा रहेको, आफु अषाढ १ गतेबाट उक्त विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी समाले सँगै बर्तमानलाई टेकेर भविश्यलाई सुनौलो बनाउने तर्फ उक्त विद्यालयमा कार्यरत ११ जना शिक्षक कर्मचारी अग्रसर भएको, आफु उक्त विद्यालयमा आइ सकेपछि  मध्यान्न अघि कक्षाको समय ४५ मिनेट भएकोमा त्यसलाई बढाएर ५० मिनेट पुर्याइएको

सोही कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर बढाउनका लागी आफु सदैब लागी पर्ने, विद्यालयको शैक्षिक गुणस्त बढाउनका लागी विद्यालय परिवारले महत्वपुर्ण भुमिका खेल्ने आशा राखेको नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष अर्जुन बोहोराले आफ्नो भनाइ राखेका थिए ।

वि व्य स अध्यक्ष भण्डारीले स्टेसनरीका सामग्री सहित विद्यालयलाई ५० हजार रूपियाँ समेत हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला