हुम्ला । हिरोद्धारा सञ्चालीत बिधुतीय दुई पाँङ्ग्रे व्राण्ड भिडाले आफ्नो पहिलो अन्तराष्ट्रिय वजारका रुपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको छ । योसंगै भिडाले आफ्नो बिश्वव्यापी बिस्तारको सुरुवात गरेको हो ।
नेपाली ग्राहकहरुको बहुआयामीक जीवन शैली र आवश्यकता अनुरुप भिडा भिएक्स टु इभोटर सिरिज तथा युवा पुस्ता लक्षित भिडा डर्ट ई के थ्री बिधुतीय अफ रोड मोटर साईकल अव नेपाली बजारमा उपलब्ध हुनेछ । यसले दैनिक आवतजावत प्रयोजनका लागि डिजाईन गरिएको मोटरसाईकलले अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज, शक्तिशाली कार्यक्षेमता र उच्च गुणस्तरका कारण बिश्व प्रसिद्ध अनुसन्धान संस्था जेडी पावरको टु ह्वीलर इन्टीटियर क्वालिटी स्टडीमा उत्कष्ट स्थान हाँसिल गर्न सफल भएको छ ।
त्यस्तै कम्पनीले यो मोटरसाईकलले युवापुस्तालाई सुरक्षित, रोमाञ्चकका साथै पुर्ण रुपमा बिधुतीय आफ रोड राईडिङ अनुभव प्रदान गनै उद्धेश्य राखेको छ । नेपालमा भिडाका उत्पादनहरु सीजी मोटर्स ( चौधरी ग्रप ) मार्फत आधिकारिक रुपमा उपलव्ध हुनेछन् । चौधरी ग्रुप नेपालका अग्रणी ब्यवसायीक समुहमा पर्छ ।
यसले बिश्वभर १६० भन्दा बढी कम्पनीहरु र १२३ व्राण्डहरु सञ्चालन गर्दै आएको छ । हिरो मोटोक्रप अर्न्तगतका इनर्जी मोविलिटी विजिनेस युनिटका मुख्य व्यापार अधिकृत कौशल्य नन्द कुमारले भिडाको अन्तराष्ट्रिय यात्रा नेपालवाट सुरु हुनु गर्भको विषय भएको बताउदै यसले नेपाल उसको लागि रणनीति रुपमा अत्यन्त महत्वपुर्ण बजार भएकोले बिधुतीय सवारी प्रति आर्कषण तीव्र रुपमा बढी रहेको बताए ।
कम्पनीले भारतमा विकसित यस उत्कृष्ट इन्जिनीयरिङ तथा डिजाईन क्षेमतालाई अव नेपाली ग्राहकसम्म पुर्याउन पाउदा उत्साहित रहेको जनाएको छ । सिजी मोटर्ससंगको सहकार्य मार्फत नेपाली ग्राकहलाई प्रिमियय, भरपर्दो र अत्याधुनिक बिधुतीय दुई पाङ्ग्रे अनुभव प्रदान गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।
त्यसैगरि चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाल दिगो तथा हरित यातायाततर्फ तीव्र रुपमा अघि वढी रहेकोले भिडाको नेपाल प्रवेशले यो परिवर्तनतलाई अझ गति दिने विस्वास ब्यक्त गरे । दैनिक प्रयोगकर्ता र नयाँ पुस्ताका राईडरहरुको आवश्यकता अनुसार बिकसित यो अत्याधुनिक बिधुतीय उत्पादनहरुले नेपालको दुई पाँङ्ग्रे बजारमा नयाँ मानक स्थापना गर्ने उनले बताए ।
उनले भिहरो मोटोक्रपसंगको आफ्नो लामो सहकार्यलाई भिडा मार्फत अझ सुदृढ बनाउदै नेपाली हरित भविष्यमा योगदान दिन पाउदा गर्व लागेको बताए । यसको नेपाली सडकका लागि उपयुक्त दुई बिकल्प रहेको र त्यसमा भिडा भिएक्स टु इभोटर दुई फरक भेरियन्टमा भिएक्स टु प्लस र भिएक्स टु गोका रुपमा उपलव्ध हुनेछन । भिएक्स टु प्ल नेपालका उकालो र चुनौतीपुर्ण सडकलाई ध्यानमा राखेर उत्पादन गरिएको कम्पनीले जनाएको छ ।
यसमा चार दशमलव चार केडब्लुएच निकाल्स मिल्ने व्याट्री को क्षेमता रहेको छ । यसले वास्तबिक अवस्थामा करिव ९० किलोमिटर प्रतिघण्टा गति हाँसिल गर्न सक्छ । यसले सुन्नेदेखि चालीस किलोमिटर प्रतिघण्टा गति केवल तीन दशमलव एक सेकेन्डमा लिन सक्छ । त्योसंगै डिसि फाष्ट चार्जिङ मार्फत ६५ मिनेट मै सुन्नेदेखि असी प्रतिशतसम्म चार्ज गर्न सक्नेछ ।
कम्पनीका अनुसार भिएक्स टु गो मा दुई दशमलव दुई केडव्लु एच निकाल्न मिल्ने व्याट्री रहेको छ । यसले करिव ७५ किलोमिटरसम्मको वास्तविक रेन्ज प्रदान गर्छ र अधिकतम गति सत्तरी किलोमिटर प्रतिघण्टा रहेको छ भने सुन्ने देखि चालीस किलोमिटर प्रतिघण्टा चार दशमलव दुई सेकेण्डमा हाँसिल गर्न सक्छ । यसमा पनि ६५ मिनेटमै सुन्नेदेखि असी प्रतिशत डिसी फाष्ट चार्जिङ सुविधा उपलव्ध छ ।
दुवै मोडल घरमै साधारण पाँच एम्पिएरको सकेट प्रयोग गरि निकाल्न मिल्ने ब्याट्री चार्ज गर्न सकिने सुविधा रहेको छ । माई भिडा एप, नेगेटिभ, जिओ फिन्चीङ, कल तथा एसएमएस सुचना र ओभर द एयर अपडेट जस्ता स्मार्ट कनेक्टेड सुविधाहरु पनि उपलव्ध छन् ।
भिडा डर्ट ई प थ्री : युवा पुस्ताका लागि स्मार्ट बिधुतीय अफ रोड बाईक भिडा डर्ट के थ्री. बिशेष गरि किशोर तथा युवा राईडरहरुलाई लक्षित गरि उत्पादन गरिएको बिधुतीय अफ रोड वाईक हो । यसमा प्रयोगकर्ताको उमेर र शारिरिक वनावट अनुसार तीन फरक साईजमा रुपान्तरण गर्न सकिने एडप्टीभ प्रर्णाली रहेको छ ।
जसबाट लामो समयसम्म आरामदायी र सुरक्षित राईडिङ सुनिश्चित गर्छ । यसमा एपमा आधरित परेन्टर कन्ट्रोल सुविधा उपलव्ध भएकाले अभिभावकहरुले वाईको गति नियन्त्रण गर्न, अधिकतम स्पिड निर्धारण गर्न, तीन फरक स्पिड मध्य आवश्यक मोड चयन गर्न सक्ने ब्यवस्था गरिएको छ । यी मोडहरुमा मोडल एक ( ८ देखि ९ किमि, घण्डा ) मोडल दुईमा १७ देखि १८ किमि, घण्टा र मोडल तीनमा २३ देखि २४ घण्टा किमि समावेश गरिएको छ ।
३५० वाट मोटर तथा ३६० केडव्लुएच निकाल्न मिल्ने ब्याट्री राखिएको यस वाईकले सडक अवस्था र प्रयोग मोड अनुसार तीन घण्टासम्म राइडिङ अनुभव प्रदान गर्न सक्नेछन् । यसको ब्याट्री वीस प्रतिशतदेखि असी प्रतिशतसम्म चार्ज हुन करिव दुई घण्टा समय लाग्नेछ । उत्कृष्ट डिजाईन र नविन प्रविधिका लागि भिडा डर्ट कम इप थ्रीले प्रतिष्ठत रेड डट डिजाईन अवार्ड २०२५ तथा सिईएस इनोभेसन अवाडी २०२६ समेत प्राप्त गरि सकेको छ ।
नेपालमा भिरो माटोक्रपको नयाँ अध्याय सन २०१४ देखि नेपाली वजारमा आफ्नो उपस्थितीलाई निरन्तर सुदृढ बनाउदै आएको भिरो मोटोक्रपले एक दशक भन्दा बढी समयदेखि नेपाली ग्राहकको बिस्वास जित्दै आएको छ । भिडा बिधुतीय उत्पादनहरुको नेपाल प्रवेशसंगै कम्पनीले स्मार्ट, दि गो तथा भविष्यमुखी बिधुतीय गतिशिलताको नयाँ अध्याय सुरु गरेको जनाएको छ ।
त्यसका साथै उल्लेखीत रेन्ज, गति तथा चार्जिङ समय कम्पनीको आन्तरिक परिक्ष्मणका आधारमा मापन गरिएको छ । वास्तविक प्रयोग, सडक अवस्था, मौसम तथा अन्य कारणका आधारमा यसमा फरक पर्ने कम्पनीले उल्लेख गरेको छ । यस कम्पनीको भारतको नयाँ दिल्लीमा मुख्यालय रहेको हिरो मोटोक्रप लगातार २५ वर्षदेखि बिश्व कै सवै भन्दा ठुलो मोटरसाइकल तथा स्कुटर निर्माण कम्पनी पनि हो ।
